क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले अफगानिस्तानलाई तालिबानले कब्जा लिइसकेकाले अब उनीहरुमाथि प्रतिबन्ध लगाउने विषयमा छलफल गर्नुपर्ने बताएका छन् । उनले जी–सेभेन सदस्य राष्ट्रहरूलाई यस्तो आग्रह गरेका हुन् ।
अफगानिस्तानका विषयमा जि–सेभेन राष्ट्रहरुको बैठक आज बस्दै छ । तालिबान पहिलेदेखि नै क्यानडाको आतंकवादी सूचीमा रहेको जनाउँदै ट्रूडोले अब उनीहरुमाथि प्रतिबन्ध लगाउने विषयमा छलफल गर्न ढिलाई गर्न नहुने बताएका हुन् ।
आज जी–सेभेन सदस्य राष्ट्र क्यानडा, बेलायत, फ्रान्स, जर्मनी, इटली, जापान र अमेरिकाबीच अफगानिस्तान सम्बन्धमा भर्चुअल बैठकमा सहभागी हुँदैछन् ।
जी–सेभेनको अध्यक्षता अहिले बेलायतले गरिरहेको छ । बेलायतले भने तालिबानको व्यवहार कस्तो हुन्छ त्यसको आधारमा थप निर्णय लिइने प्रतिक्रिया जनाइसकेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।