भाैतिक रूपमै कक्षा १२ काे परीक्षा सञ्चालन गराउन निर्देशन
फाइल फाेटाे

संसदीय समितिले भाैतिक रूपमै कक्षा १२ काे परीक्षा सञ्चालन गराउन निर्देशन दिएकाे छ ।

मंगलबार बसेकाे संसदको शिक्षा तथा स्वास्थ्य समितिकाे बैठकले जनस्वास्थ्यका मापदण्ड पालना गरी भौतिक उपस्थितिसहित परीक्षा गराउन निर्देशन दिएको हो । 

समितिकी सभापति जयपुरी घर्तीले शिक्षा मन्त्रालयका पदाधिकारीसँगको छलफलपछि कोराेना विरुद्धकाे खोप दिएर भौतिक उपस्थितिमा परीक्षा संचालन गर्न निर्देशन दिएकी हुन्।

जनस्वास्थ्यका मापदण्ड पालना गरी भाैतिक रूपमै परीक्षा गर्नुपर्नेमा पदाधिकारीहरूले जाेड दिएपछि यस्ताे निर्णय गरिएकाे घर्तीले बताइन् ।

गत साउन ३१ गतेदेखि हुने भनिएको कक्षा १२ को परीक्षा कोराेना संक्रमण दर  बढेको भन्दै स्थगित गरिएको थियाे ।





  • प्रकाशित मिति : भदौ ८, २०७८ मंगलबार १३:१८:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया