सल्यानमा खाेलाले बगाउँदा एक जनाकाे मृत्यु भएकाे छ ।
मृत्यु हुनेमा कुमाख गाउँपालिका-४ का ५१ वर्षीय लीलाधर शर्मा रहेका जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अर्जुन पाैडेलले जनाए।
घरबाट रागेचाैरतर्फ जाँदै गर्दा आज बिहान मर्मखाेलामा बगेर बेपत्ता भएका शर्माकाे शव कुमाख गाउँपालिका-२ शान्तिर बजारकाे खाेलामा शव भेटिएकाे हाे।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।