ट्रकको ठक्करबाट कैलालीमा पैदल यात्रुको मृत्यु

कैलालीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा गाैरिगंगा नगरपालिका–४ का ४० वर्षीय मानसिंह गुर्धामी छन्। 

ट्रकको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको सुदूरपश्चिम ट्राफिक कार्यालय अत्तरियाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक गणेश उप्रेतीले जानकारी दिए।

उप्रेतीका अनुसार पूर्वबाट पश्चिमतर्फ आईरहेको उदयपुर हर्जेनी गाँउपालिका–३ का ३८ वर्षीय टेकराज खत्रीले चलाएको ग १ ख ६४४१ नम्बरको ट्रकले पैदलयात्रीलाई ठक्कर दिएको जनाएको छ। 

ट्रक र चालकलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।





  • प्रकाशित मिति : भदौ ८, २०७८ मंगलबार १४:८:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया