क्रियाशील सदस्यहरूको सूची सार्वजनिक गर्न कांग्रेस जिल्ला सभापतिहरूको माग

क्रियाशील सदस्यहरूको नामावली तत्काल सार्वजनिक गर्न माग गर्दै नेपाली काग्रेसका जिल्ला सभापतिहरूले पार्टी नेतृत्वलाई दवाव दिन सुरु गरेका छन् ।

मंगलबार बिहानै सानेपास्थित पार्टी केन्द्रीय कार्यालय पुगेका उनीहरूले क्रियाशील सदस्यहरूको नामावली तत्काल सार्वजनिक गर्न माग गर्दै धर्ना दिन सुरु गरेका हुन् । 

१४ औँ महाधिवेशनको तयारीमा जुटेका आफूहरूलाई महाधिवेशनको तयारीका लागि पनि क्रियाशील सदस्यहरूको नामावली तत्काल सार्वजनिक गर्न पार्टी नेतृत्वलाई दवाव दिन धर्ना कार्यक्रम सुरु गर्नु परेको नेपाली कांग्रेसका रामेछाप जिल्ला कार्य समितिका सभापति लबश्री न्यौपानेले जानकारी दिनु भयो । उहाँले महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्न पनि आफूहरूले पार्टी नेतृत्वलाई दवाव दिएको स्पष्ट पार्नु भयो ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन आगामी मंसिर ९ गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुने मिति पछिल्लो समय पुनः तोकिएको छ । कांग्रेस सभापतिहरूले सो मितिमै पार्टीको महाधिवेशन सम्पन्न गर्न पनि पार्टी नेतृत्वलाई दवाव दिन पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिनु परेको स्पष्ट पारेका छन् ।

धर्ना कार्यक्रममा पुगेर नेपाली कांग्रेसका नेताहरू शेखर कोइराला, अर्जुन नरसिंह केसी र गगन थापाले पनि अविलम्ब क्रियाशील सदस्यहरूको नामावली सार्वजनिक गर्न पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन् । नेता कोइरालाले क्रियाशील सदस्यता वितरणमा देखिएको त्रुटि सच्याउन पनि पार्टी नेतृत्वले क्रियाशील सदस्यहरूको नामावली सार्वजनिक गर्न ढिलाइ गर्न नहुने कुरामा जोड दिए । 

अर्का नेता केसीले नेपाली कांग्रेसका हरेक सदस्यहरूले आफ्नो कार्य क्षेत्रको क्रियाशील सदस्यहरूको जानकारी पाउने अधिकार सुनिश्चित गर्न पनि पार्टी नेतृत्वले तत्काल क्रियाशील सदस्यहरूको नामावली सार्वजनिक गर्न ढिलाइ गर्न नहुने बताए । 



कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले यसका हरेक सदस्यहरूले क्रियाशील सदस्यबारे जानकारी गराउने लोकतान्त्रिक अधिकार हनन् हुन नहुने पनि बताए ।

युवा नेता गगन थापाले अविलम्ब क्रियाशील सदस्यहरूको नामावली सार्वजनिक गर्न पार्टी नेतृत्वको गम्भीर ध्यानाकर्षण गराए । क्रियाशील सदस्यता वितरणमा त्रुटि भए सच्याउने अधिकार पार्टीको सिंगो पंक्तिलाई रहेकाले पनि कांग्रेस नेतृत्वले त्यसको सार्वजनिक गर्न ढिलाइ गर्न नहुने उनको तर्क थियो ।



  • प्रकाशित मिति : भदौ ८, २०७८ मंगलबार १५:७:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया