सेयर बजारमा दोहोरो अंकको गिरावट

साताको कारोबार खुलेको पहिलो दिन मंगलबार सेयर बजार परिसूचक नेप्सेमा उच्च गिरावट आएको छ । मंगलबार बिहानैदेखि खुलेदेखि नै ओरालो लागेको नेप्से परिसूचक बन्द हुँदा ५६ अंकले घटेको हो । 

बजारमा जलविद्युत समूहमा सबैभन्दा बढी ६.२१ अंक अर्थात् २३२ अंकको गिरावट आएको छ । सो समूहको १४ ओटा कम्पनी नकारात्मक देखिएका छन् । यो समूहका ६ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा माथि घट्न पुगेको छ ।

मंगलबार विकास बैंक समूहको परिसूचकमा पनि २४४ अंकले गिरावट आएको छ । बजारमा सबैभन्दा बढी प्रभुत्व रहेको बैंकिङ समूहको परिसूचकमा करिब २० अंकको गिरावट आएको छ । 

मंगलबार सबै समूहमा उच्च गिरावट आउँदा  फाइनान्स र निर्जीवन बीमा समूहको परिसूचक भने बढ्न पुगेको छ । मंगलबार २२५ कम्पनीको २ करोड ५३ लाख कित्ता सेयर खरिदबिक्री भई १६ अर्ब १२ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।
 





  • प्रकाशित मिति : भदौ ८, २०७८ मंगलबार १५:४३:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया