जेठ २ मा फर्कने भनिएको बैठकमा बादलसहितका पूर्वमाओवादीका नेता पनि सहभागी

एमाले स्थायी कमिटी बैठकमा रामबहादुर थापा बादल पनि पुगेका छन् । जेठ २ को अवस्थामा बस्न लागेको भनिएको बैठकमा बादल पनि सहभागी हुन पुगेका हुन् । 

माओवादी केन्द्र छाडेर आएका बादलसहितका अन्य नेता बैठकमा पुगेका छन् । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा सुरु हुन लागेको बैठकमा पूर्वमाओवादीका नेता पनि पुगेका हुन् । आजको बैठकमा माधव नेपाल छाडेका १० जना सदस्य पनि सहभागी भएका छन् । 

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग असहमति जनाउँदै बैठकमा सहभागी नभएका नेपाल पक्षीय नेता आजको स्थायी कमिटी बैठकमा भने सहभागी भएका हुन् । एमाले अध्यक्ष ओलीले एमालेलाई ०७५ जेठ २ को अवस्थामा फर्काउन यो आजको बैठक बोलाएको बताएका थिए । 

तर, माओवादीबाट एमाले प्रवेश गरेका नेता बैठकमा सहभागी भएपछि आजको बैठकलाई जेठ २ कै अवस्था भन्ने नमिल्ने देखिन्छ ।  

नेपाल पक्षमा रहेका भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, अमृत बोहोरा, योगेश भट्टराई, गोकर्ण बिष्ट, घनश्याम भुसाल, भीम आचार्य, सुरेन्द्र पाण्डे र रघुजी पन्त ओलीले आयोजना गरेको स्थायी कमिटीमा सहभागी भएका हुन् । यसअघि ओलीले बोलाएको बैठकमा उनीहरुको अनुपस्थिति रहेको थियो ।





  • प्रकाशित मिति : भदौ ८, २०७८ मंगलबार १६:४३:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया