छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँचजनाको मृत्यु

देशका विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । काठमाडौं, कास्की, सप्तरी, महोत्तरी र बाँकेमा भएका दुर्घटनामा उनीहरुको मृत्यु भएको हो । 

काठमाडौंको चन्द्रागिरी नगरपालिका–११ सतुंगलमा बागमती प्रदेश–०२–०१६प ९५७० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने धादिङ ज्वालामुखी गाउँपालिका–६ घर भएकी नन्दकला आले मगर रहेकी छन् । सोमबार बिहान उनको मृत्यु भएको हो । 

कास्कीको पोखरा महानगरपालिका–७ नागढुङ्गामा ग.२० प ६०७५ नम्बरको मोटरसाइकल र ग.१ य ११७१ नम्बरको गाडीमा सोमबार साँझ ठोक्किदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक  सोही महानगरपालिका–१७ बस्ने कृष्ण देवकोटा रहेकाक छन् ।

सप्तरीको सुरुङगा नगरपालिका–४ कदमहामा ना.८ ख ३४२२ नम्बरको ट्रकले को.१ ख ६९५६ नम्बरको तेलको ट्याङ्करलाई सोमबार राति ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रकमा रहेकी सुनसरी रामधुनी ईकराही नगरपालिका–४ बस्ने ९ वर्षीया मेनुका चौधरी रहेकी छन् । 

महोत्तरीको बर्दिवास नगरपालिका–११ खैयरमार लच्का पुलमा ना.३ ख ८८०० नम्बरको ट्रक र ज.४ प २७०० नम्बरको  मोटरसाइकल आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटसाइकल चालक धनुषा मिथिला नगरपालिका–३ बस्ने धनपत महत्तो रहेका छन् ।

बाँकेको नेपालगंज उपमहानगरपालिका–११ पासाङलामु मार्गमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने ईमरान राईको  ३ वर्षीया छोरा अनादिया राईको मृत्यु भएको छ। 





  • प्रकाशित मिति : भदौ ८, २०७८ मंगलबार १६:४६:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया