महिला एसियन कप छनोटका लागि नेपाली टोली घोषणा

एएफसी महिला एसियन कप–२०२२ को छनोटका लागि नेपाली टोलीको घोषणा भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले छनोट खेलका लागि मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले बन्द प्रशिक्षणमा रहेका २८ मध्ये २३ खेलाडीलाई समेट्दै नेपालको टोली घोषणा गरेको जनाएको छ ।

बन्द प्रशिक्षणमा रहेका अमिशा कार्की, हिमा चौधरी, मनीषा राउत, अञ्जली वाइबा र शर्मिला थापा बाहिरिँदा प्रीति राई, निशा थोकर, सृजना सिंह, रश्मी घिसिङ, सविता राना र निशा थोकरले पहिलोपटक राष्ट्रिय टिममा स्थान बनाउन सफल भएका छन् ।

हङकङ र फिलिपिन्ससँगै नेपाल छनोटको समूह ‘एफ’मा छ । छनोट खेल उज्वेकिस्तानको जेएआर स्टेडियममा हुनेछ ।

नेपाले छनोटको पहिलो खेल सेप्टेम्बर १८मा फिलिपिन्स र दोस्रो तथा अन्तिम खेल सेप्टेम्बर २१ मा हङकङसँग खेल्नेछ ।

समूहको शीर्ष स्थानमा रहने टोलीले अर्को वर्ष जनवरी २० देखि फेब्रअरी ६ सम्म भारतमा हुने एएफसी महिला एसियन कपमा स्थान बनाउनेछ ।



नेपाली टोली

एन्जिला सुब्बा, अनिता बस्नेत, सुरु लिम्बू, गीता राना, विमला विक, हिराकुमारी भुजेल, अनिता केसी, अञ्जना राना मगर, उषा नाथ, दीपा राई, विमला चौधरी, अमृता जैसी, प्रीति राई, निशा थोकर, सृजना सिंह, रश्मी घिसिङ, सविता राना, निशा थोकर, रेनुका नगरकोटी, पुनम जर्जा मगर, पुजा राना, इन्द्र राई, मञ्जली तामाङ (योञ्नन) 



  • प्रकाशित मिति : भदौ ८, २०७८ मंगलबार १७:२२:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया