बाबुरामको टिप्पणी : ओली सुध्रन्छन् र गोरु ब्याउँछ भनेर आश गर्नु उस्तै उस्तै हैन र ?

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले एमलेका दोस्रो पुस्ताका नेतामा दूरदृष्टि र विद्रोही चेत नभएको भन्दै कटाक्ष गरेका छन् । 

एमलेका दोस्रो पुस्ताका नेताले चुनाव चिह्नकै लागि ओलीको नेतृत्व छाड्न नसककेको उल्लेख गर्दै भट्टराईले सामाजिक सञ्जालमार्फत यस्तो टिप्पणी गरेका हुन् । 

उनले ओली सुध्रन्छन् र गोरु ब्याउँछ भनेर आश गर्नु उस्तै उस्तै भएको बताउँदै दोस्रो पुस्ताका नेतामा पहिलो पुस्ताका नेताको जति पनि दूरदृष्टि तथा विद्रोही चेत नभएको बताएका हुन् । 

‘हामी सत्तरी आसपासका बुढाहरूको जत्ति पनि सत्य र न्यायको परख र दूरदृष्टि तथा विद्रोही चेत–आँट नभएका दोस्रो पुस्ताका नेताहरूलाई के भन्ने होला खै ? भट्टराईले ट्विटरमा भनेका छन्, ‘बाघ बुढो र स्याल तन्नेरी भन्दा चित्त दुख्ला ! ओली सुध्रन्छन् र गोरू ब्याउँछ भनेर आश गर्नु उस्तै उस्तै हैन र ? चुनावचिह्न नै पार्टी हो र ? खै चेत ?





  • प्रकाशित मिति : भदौ ८, २०७८ मंगलबार १९:१६:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया