काङ्ग्रेस जिल्ला सभापतिसँग फरकधार
कांग्रेस समावेशी पार्टी हो, यसको नेतृत्व समावेशी हुनुपर्छ

(सम्पादकीय नाेट :१४ औँ महाधिवेशनको काउन्टडाउन सुरु हुँदै गर्दा यतिबेला नेपाली कांग्रेसभित्र राजनीतिक सरगर्मी बढेको छ । पार्टी सभापतिदेखि केन्द्रीय समिति, प्रदेश, जिल्ला हुँदै वडास्तरसम्म यतिबेला कांग्रेसलाई महाधिवेशनले छोपेको छ । 

अब कांग्रेसले पाउने नेतृत्व कस्तो होला ? र, महाधिवेशनपछिको कांग्रेस कस्तो होला ? भन्ने प्रश्न जनमानसमा छ । त्यसो त कांग्रेस केन्द्रीय तहका नेताहरुलाई तल्लो तहका नेताले सुझाब पनि दिइरहेका छन् । 

फरकधारको यो शृंखलामा हामीले कांग्रेसका जिल्ला सभापतिहरुसँग महाधिवेशनपछिको कांग्रेस कस्तो हुनुपर्छ ? र, युवा नेतृत्वको सम्भावना के छ ? भनी सोध्ने छौँ । यसै क्रममा नेपाली कांग्रेस अर्घाखाँची​का सभापति विष्णुप्रसाद खनाल​लाई हामीले यो शृंखलामा प्रस्तुत गरेका छौँ । )

नेपाली कांग्रेस सभापति 
विष्णुप्रसाद खनाल, अर्घाखाँची

नेपाली कांग्रेस अरु राजनीतिक पार्टीको पनि ‘माउ पार्टी’ हो । त्यसकारण पनि यसका गतिविधि र व्यवहार लोकतन्त्र अनुकूल हुनु जरुरी छ । कांग्रेस पार्टी लोकतान्त्रिक र विधिसम्मत तरिकाले चल्नुपर्छ । अन्योलबीच नेपाली कांग्रेसको केन्द्रीय समितिले अधिवेशनको कार्यतालिका अन्तिम समयमा आएर सार्वजनिक गरेको छ ।

देशभरका सबै सभापतिहरुको चिन्ता र चासो यतिबेला क्रियाशील सदस्यको तालिका सार्वजनिक गर्नुपर्यो भन्नेमा छ । त्यसपछि विधिवत् तरिकाले विभिन्न तहगत कमिटी हुँदै केन्द्रीय कमिटीमा आएका सदस्यहरु तोकिसकेपछि अधिवेशन समयमै हुनुपर्छ भन्ने हाम्रो विचार स्पष्ट छ । अधिवेशन गरिसकेपछि त्यहाँ विचारको बारेमा वा नेतृत्वको बारेमा बहस हुन्छ । सबैभन्दा पहिलो कुरा अधिवेशन हुने कुराको सुनिश्चितता हुनुपर्छ । 



युवा नेतृत्वको बहस 

स्वाभाविक रुपमा हरेक महाधिवेशनमा युवा, महिला, जनजाति, मधेसी, मुस्लिम नेतृत्व आउनुपर्छ भनेर समावेशी आवाज उठ्ने गर्छ । नेपाली कांग्रेस समावेशी पार्टी हो यहाँ समावेशी आवाज उठ्नुपर्छ र यसको सुनुवाइ पनि हुनुपर्छ । यो पार्टीमा पुराना र नयाँ पुस्ता दुवै मिलेर नेतृत्व बन्नुपर्छ । समग्रमा युवा र पुराना नेताहरुको सम्मिश्रणबाट पार्टीलाई अघि बढाउनेगरी सबैले सोच्नुपर्छ । यो काममा महाधिवेशन प्रतिनिधिहरु योग्य देखिनुपर्छ र नेतृत्व चयनमा विचार पुर्याउनुपर्छ । 
 
पार्टीमा परिवारवाद हाबी



कांग्रेस पार्टीमा परिवारवाद हाबी भयो पनि भन्ने गरिन्छ । यो पार्टी परिवारवादमा जानु त पटक्कै हुँदैन, पार्टी जबर्जस्ती कुनै पनि वादमा जानुहुँदैन भनेर आवाज उठिरहेका पनि छन् । हामी लोकतान्त्रिक मूल्य–मान्यता मान्ने पार्टी भएकाले लोकतान्त्रिक संवाद र प्रक्रियामा जानुपर्छ । आमकांग्रेसी नेता–कार्यकर्ताको चासो पनि यसैमा छ । परिवारवादले कतिपय अवस्थामा पार्टीलाई घाटा पारेको छ । 

केन्द्रीय नेताहरुको वरिपरि रहेर मात्र चासो र चिन्ता व्यक्त गर्ने, उनीहरुलाई नै पार्टीको सर्वेसर्वा ठान्ने, जिल्लामा काम गरेकाहरुलाई नदेख्ने परिपाटीको अन्त्य हुनुपर्छ । यी सबै कुराहरुलाई हेरेर कांग्रेसको यो अधिवेशन सफलतापूर्वक सम्पनन गराउनेतर्फ सोच्नुपर्छ । 

महाधिवेशन कसरी गर्ने ?

हामी क्रियाशील सदस्यको विषयमा सुरुमा स्पष्ट हुनु जरुरी छ । नेपाली कांग्रेस पार्टीमा अरु दलका साथीहरु पनि प्रवेश गर्नुभएको छ । उहाँहरुले पनि पार्टीको क्रियाशीलता पाउनुपर्छ भन्ने कुरामा कुनै विवाद छैन । कुनै पनि सभापतिले यसमा विमति राख्नुभएको सुनिएको पनि छैन । जिल्लाबाट सिफारिस भएर आएका, प्रक्रिया पुगेर केन्द्रीय कार्यालयसम्म पुगेका सदस्यहरु जस्ताको तस्तै स्वीकृत हुनुपर्छ ।

त्यस्तो नभएर जिल्लाबाट आएका नामहरु हटाउने र काठमाडौंबाट आफ्नो अनुकूलमा मान्छेहरु थप्ने काम भयो भने समस्या आउँछ । त्यसप्रति जिल्ला सभापतिहरुको विरोध भएको हो । त्यस्तो काम त पटक्कै हुनु हुँदैन । वैधानिक रुपमा पार्टी प्रवेश गरेका साथीहरुलाई नेतृत्वले बुझेर उचित स्थान दिनुपर्छ । 

कांग्रेस यतिबेला थप जिम्मेवार बन्नुपर्छ । नेपाली कांग्रेस पार्टीलाई चुनौती र अवसर एकसाथ प्राप्त भएको छ । जनताको जीवनस्तरका कुरा एकातिर छन् भने अर्कोतिर कोभिडदेखि बाढी–पहिरोसम्मका विपत्तिहरु छन् । तर, यो चुनौतीलाई सामना गर्नका लागि हामीलाई अवसर पनि छ ।

यतिबेला कांग्रेसको हातमा सरकार छ । कम्युनिस्ट पार्टी विफल भएको छ । यो सरकारलाई टिकाएर र काम द्रुत गतिमा अघि बढाएर लानुपर्ने दायित्व कांग्रेसको काँधमा छ । यो अवसरलाई व्यवस्थित गराउँदै, पार्टी र सरकारलाई अझै व्यवस्थित बनाउँदै लानुपर्छ भन्ने हाम्रो चाहना छ । 

यही सिरिजमा यसअघि प्रकाशित अन्य जिल्ला सभापतिका यी विचार पनि पढ्नुहाेस्–

अहिले नेपाली कांग्रेसको नेतृत्व गम्भीर हुनुपर्छ–म्याग्दी सभापति

अधिवेशनबाट व्यक्ति मात्र होइन, विचार पनि परिवर्तन हुन जरुरी छ–पाल्पा सभापति

कांग्रेस नेतृत्वले हेक्का राखोस्, हराउने–जिताउने हाम्रो हातमा छ–कास्की सभापति

कांग्रेसको मान्यता र सिद्धान्त करेक्सन गर्न आवश्यक छ– तनहुँ सभापति

युवा र ऊर्जाशील व्यक्तिलाई नेतृत्वमा अघि सार्नुपर्छ–लमजुङ सभापति

राजनीतिमा युवाको आवश्यकता छ, तर पुरानाको त्याग र तपस्यालाई बिर्सन हुँदैन– बारा सभापति

पार्टी ठूलो बनाउने नाममा जुनसुकै आस्थाका मानिसलाई भित्र्याउँदा विचलन आएको छ– रसुवा सभापति

म आह्वान गर्छु : सबै युवा मिलेर नयाँ नेतृत्वका लागि सोचौँ– मोरङ सभापति

क्रियाशीलताको विवाद अन्त्य नभए महाधिवेशनमा भाग लिँदैनौं– कपिलवस्तु सभापति

तेरो र मेरो भनेर क्रियाशीलको फाइल नै खोलिएन– सप्तरी सभापति

परिवारवादको विरोधमा सबै कांग्रेसीजन उभिनुपर्छ-सिरहा​ सभापति

‘भदौमा महाधिवेशन गर्न विधान संशोधन हुनुपर्छ’–गोरखा सभापति

विधान संशोधनका कारण महाधिवेशन हुन सकेन– ओखलढुंगा सभापति

‘अधिवेशन गर्न नसक्नु केन्द्रीय कमिटी र सभापतिको कमजोरी हो’–उदयपुर सभापति

‘वैधानिकता जोगाउनु ठूलो समस्या होइन’–ताप्लेजुङ सभापति

पार्टीमा युवा उमेरको आधारमा होइन, विचारको आधारमा हुनुपर्छ– पाँचथर सभापति

‘उमेरले होइन विचार र दृष्टिकोणले युवा नेतृत्व छान्नुपर्छ’–तेह्रथुम सभापति

‘वंशको आशीर्वाद होइन, कर्मको हिसाबमा नेतृत्व छनोट हुनुपर्छ’– चितवन सभापति

‘१४ औँ अधिवेशनबाटै युवाहरु आउँछन् भन्ने मैले देखेको छैन’– सर्लाही सभापति

‘पाका नेतृत्वसँगै पुस्तान्तरण जरुरी छ’– सिन्धुली सभापति

शेरबहादुरजी, रामचन्द्रजीहरुले धेरै अवसर पाउनुभयो, दोस्रो पुस्तालाई नेतृत्व दिनुपर्ने बेला आएको छ- धनुषा सभापति

‘अर्काको फेरो समाएर नेतृत्वमा पुग्न सकिँदैन’– दोलखा सभापति

पार्टीको वैधानिकताका लागि पनि त्याग गर्न सक्नुपर्छ– रामेछाप सभापति

युवामा क्षमता देखिनुपर्यो, अनि मात्र नेतृत्वमा दाबी गर्नुपर्छ – पर्सा सभापति

चार वर्षमा हुनुपर्ने महाधिवेशन पाँच वर्षमा पनि गर्न नसक्ने यो कस्तो नेतृत्व ?—नुवाकोट सभापति

‘कांग्रेसको इतिहास संरक्षण गर्ने नेतृत्व आवश्यक छ’— काठमाडाै‌ं सभापति

‘हामी संकटपूर्ण महाधिवेशनको मुखमा छौँ’— काभ्रेपलान्चाेक सभापित

‘नयाँ नेतृत्व, नयाँ विचार, नयाँ ढंग, नयाँ कार्यक्रमका साथ कांग्रेस अगाडि बढ्नुपर्छ’— सिन्धुपाल्चाेक सभापति

‘युवाहरुले धारणा नबदल्ने हो भने नेतृत्वमा आउँदैनन्’— भक्तपुर सभापत

  • प्रकाशित मिति : भदौ ८, २०७८ मंगलबार २०:५८:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया