ट्रकको ठक्करबाट कैलालीमा पैदलयात्रुको मृत्यु

कैलाली जिल्लाको गौरीगंगा नगरपालिका ४ मा ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । 

सोही स्थानका ४० वर्षीय मानसिंह गुर्धामीको ट्रकको ठक्करबाट घटनास्थलमै मृत्यु भएको सुदूरपश्चिम ट्राफिक कार्यालय अत्तरियाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक गणेश उप्रेतीले जानकारी दिए ।

उप्रेतीका अनुसार पूर्वबाट पश्चिमतर्फ आइरहेको उदयपुर हर्जेनी गाँउपालिका ३ बस्ने ३८ बर्षका टेकराज खत्रीले चलाएको ग१ख ६४४१ नम्बरको ट्रकले पैदलयात्रीलाई ठक्कर दिएको हो । 

ट्रक र चालकलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : भदौ ८, २०७८ मंगलबार २१:३१:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया