च्याम्पियन छान्न नेताको दौडधुप

कमेडी रियालिटी सो ‘कमेडी च्याम्पियन’ फाइनल चरणमा पुगेको छ । भोटिङ राउन्डमा प्रवेश गरेको च्याम्पियनको उपाधिका लागि अब पाँचजना प्रतिस्पर्धामा छन । उत्कृष्ट पाँचमा भरतमणि पौडेल, बिक्की अग्रवाल, सन्तोष थापा, हिक्मत महरा र विकास अर्याल छन् । विभिन्न स्थानको प्रतिनिधित्व गर्दै च्याम्पियन बन्ने दौडमा रहेका प्रतिस्पर्धीलाई जिताउन क्षेत्र विशेषका नेताहरु लागिपरेका छन् ।

कमेडी च्याम्पियनको प्रतिस्पर्धामा रहेका प्रतिस्पर्धीलाई भोट माग्न विभिन्न राजनीतिक दलका शीर्ष नेता नै खुलेर लागेका छन् । आफ्ना क्षेत्रका प्रतिस्पर्धीलाई जिताउन बाबुराम भट्टराईदेखि योगेश भट्टराई, विनामगरलगायत नेताले खुलेर भोट मागेका छन् ।

एमाले नेता योगेश भट्टराईले केही समयअघिबाटै भरतमणि पौडेलका लागि भोट मागिरहेका छन । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले अर्का प्रतिस्पर्धी सन्तोष थापालाई भोट गर्न अपिल गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘गोरखाली (पालुंगटार नपा–६, कालामाटा) भएर मात्र हैन, प्रस्तुति हेरेर सन्तोष थापा कमेडी च्याम्पियन बन्ने राम्रो सम्भावना देखियो ! शुभकामना !’

पूर्वमन्त्री विना मगरले हिक्मत महरालाई सपोर्ट गरेकी छिन् । उनले खुलेर हिक्मतलाई भोट गर्न अपिल गरेकी छिन् । लेखेकी छिन्, ‘सुदूरपश्चिमको अब्बल योद्धा भाइ हिक्मत महरालाई भोट गरिदिनुहोला । भोट गर्नका लागि प्रभु पे एप डाउनलोड गरेर भोटिङ कोड ०९ मा भोट गर्न सक्नुहुन्छ । साथै, यहाँ दिएको क्यु आर कोड स्क्यान गरी सजिलै भोट गर्न सक्नुहुनेछ । धन्यवाद नोट – एउटा फ्री भोट पनि गर्न सक्नुहुनेछ ।’

एमाले नेतृ पद्मा अर्यालले अर्का प्रतिस्पर्धि विकास अर्यालका लागि भोट मागेकी छिन् । 





  • प्रकाशित मिति : भदौ ८, २०७८ मंगलबार २१:५९:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया