भीम रावलले फोन गरेर माधव नेपाललाई भने : एमालेमै फर्किनुस्, यहीँ संघर्ष गरौँ

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नयाँ पार्टी दर्ताको प्रक्रियामा अघि बढेका पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँग मंगलबार साँझ टेलिफोन संवाद गरेका छन् । 

लामो समयपछि मंगलबार पार्टीको स्थायी कमिटी बैठकमा सहभागी भएका रावलले नयाँ पार्टी दर्ताको प्रक्रिया रोकेर एमालेमै फर्किन नेपाललाई आग्रह गरेका हुन् । 

संवादका क्रममा रावलले निर्वाचन आयोगमा दल दर्ताको प्रक्रिया रोक्न र एमालेमै फर्केर मिलेर संघर्ष गर्न प्रस्ताव गरेका हुन् । रावलको प्रस्तावमा नेपालले खासै केही जवाफ नदिएको स्रोतले जानकारी दिएको छ । 

एमालेको मंगलबारको स्थायी समिति बैठकले नेपालसहित सबै नेतालाई पार्टीमा फर्किन आग्रह गर्ने निर्णय गरेको छ । एमालेले १० बुँदे सहमति कार्यान्वयन गर्न महासचिव ईश्वर पोखरेलसहितको कार्यदल गठन गरेको छ । 

कार्यदलमा उपाध्यक्ष भीम रावल, उपमहासचिव विष्णु पौडेल, घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे तथा लेखराज भट्ट छन् । 





  • प्रकाशित मिति : भदौ ८, २०७८ मंगलबार २२:१२:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया