२७ माघ, २०८२ मंगलबार
Feb. 10, 2026

माइती सम्झिँदै अभिनेत्री शिल्पा पोखरेल

अभिनेत्री शिल्पा पोखरेलले अभिनय गरेको तीज गीत रिलिज भएको छ । उनले पछिल्लो पटक ‘हे माइती राजा’बोलको गीतमा अभिनय गरेकी हुन् ।

सार्वजनिक गीत डम्बर बिकेले लेखेका हुन् । रिमेक कुमारको संगीत रहेको उक्त गीत गायिका रचना रिमालले गाएकी हुन् । गीतमा संगीत संयोजन ओम सुनारले भरेका छन् ।



मदानी मुभी एण्ड इन्टरटेन्मेन्टले निर्माण गरेको भिडियो निर्देशन नवल नेपालले गरेका छन् । भिडियोमा तीजमा चेलीलाई माइतीले गरेको वेवास्ता र अवहेलनाको कथा प्रस्तुत गरिएको छ ।

अभिनेत्री पोखरेलले भिडियोमा एकल महिलाको भूमिका निर्वाह गरेकी छन् । रामकुमार केसीले छायांकन गरेको भिडियो सम्पादन टेकेन्द्र शाहले गरेका हुन् ।





  • प्रकाशित मिति : ९ भदौ, २०७८ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया