मन्दिर हिँडेकी किशोरीको शव क्षतविक्षत अवस्थामा फेला
प्रतिकात्मक तस्वीर

कालीकोटको खाँडाचक्र नगरपालिका-६ मा एक किशोरीको शव फेला परेको छ । 

भदौ ४ गते मन्दिर जान्छु भनेर घरबाट हिँडेकी १६ वर्षीया निरु विकको शव चार दिनपछि मकैबारीमा फेला परेको प्रहरीले जानकारी दिएको छ । 

शरीरको विभिन्न अंग छुट्टिएको र जंगली जनावरले खाएको अवस्थामा शव भेटिएको स्थानीय वसन्त सुनारले बताए ।

घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका डिएसपी चक्रबहादुर शाहले बताए । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल कालीकोट लगिएको छ । 





  • प्रकाशित मिति : भदौ ९, २०७८ बुधबार ८:४६:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया