धार्केबाट ‘डाँडाको वरपीपल’को छायांकन सुरु

शोभित बस्नेतको निर्देशनमा चलचित्र ‘डाँडाको वरपीपल’को छायांकन सुरु भएको छ । चलचित्र निर्माणको औपचारिक घोषणापछि भएको लकडाउनका कारण अलपत्र परेको चलचित्रको छायांकन धादिङको धार्केबाट सुरु भएको हो ।

६० दिनको छायांकन तालिका बनाएर छायांकनमा निस्किएको चलचित्र टिमले धादिङपछि काठमाडौं र चित्लाङ आसपासका क्षेत्रमा छायांकन गर्नेछ । चलचित्रमा शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापालगायतका कलाकारले शीर्ष भूमिकामा रहेर अभिनय गर्नेछन् ।

बूढासुब्बा ओरिजिनलकाे प्रस्तुतिमा निर्माण सुरु भएको चलचित्रमा नवराज गिरीले लगानी गरेका हुन् । रामकाजी घिमिरेको लेखन रहने चलचित्रमा सुशान्त प्रजापतिको छायांकन, शिव मुखिया/एलिश कार्कीको संगीत, रोशन श्रेष्ठको द्वन्द्व, गोविन्द राई र रामजी लामिछानेको कोरियोग्राफी, नवराज गिरीको गीत, मित्रदेव गुरुङको सम्पादन, रामजी राउतको मुख्य सहायक निर्देशन र आकाश बुढाथोकीको सहायक निर्देशन रहनेछ ।





  • प्रकाशित मिति : भदौ ९, २०७८ बुधबार ९:२०:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया