एकअर्कामा मग्न राज र वर्षा

पछिल्लो समय अभिनेत्री वर्षा शिवाकोटीको चर्चा राम्रै छ । सिने उद्योग सुस्ताएका बेला वर्षाको चर्चा प्रेमसँग जोडिएर भैरहेको हो । उनी अभिनेता राज कटुवालको प्रेममा मग्न छिन्।

एकअर्काको प्रेममा मग्न रहेका राज र वर्षाले आफूहरू प्रेममा रहेको खुलेर स्वीकार गरेका छैनन् । तथापि लुकाउँदा लुकाउँदै पनि उनीहरूको प्रेम लुक्न सकेकाे छैन । गत वर्षको फागूपुर्णिमा सँगै मनाएर चर्चामा आएका राज र वर्षाले आफूहरू राम्रो साथी मात्रै रहेको बताउँदै आएका छन् । तर, त्यसपछिको उनीहरूको व्यवहार, सामाजिक सञ्जालमा सार्वजनिक हुने तस्बिरलाई हेर्ने हो भने यो जोडी प्रेममा रहेको सहजै अनुमान लगाउन सकिन्छ।

सामाजिक सञ्जालमा प्रेम पोखिरहेका राज र वर्षा छिट्टै विवाह बन्धनमा बाँधिने टुङ्गोमा पुगेको समेत उनीहरूका निकटका साथीहरूले बताउँदै आएका छन् । सार्वजनिक प्रेम स्वीकार नगरेकी वर्षाले राजसँग भिडियो कल गर्दाको स्क्रिन सट इन्स्टाग्राममा राख्दै राजले आफूलाई सधैं खुसी दिने प्रयास गरेको समेत बताएकी थिइन् ।

प्रेम र मित्रताका कारण चर्चामा आएका राज र वर्षालाई लिएर म्युजिक भिडियो निर्माण गर्ने निर्माता निर्देशक पनि बढ्न थालेका छन् । यो जोडीले सँगै अभिनय गरेको नवीन के भट्टराईको ‘सम्झिरहन्छु’बोलको गीत सार्वजनिक भैसकेको छ । अर्का गायक सुगम पोखरेलको ‘म यस्तो गीत गाउँछु’मा पनि सँगै देखिने तयारीमा छन् ।





  • प्रकाशित मिति : भदौ ९, २०७८ बुधबार १२:१५:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया