माधव नेपाल र महन्थ ठाकुर समूहको नयाँ दलको सनाखत जारी, निर्वाचन आयोगले आजै नयाँ दलको प्रमाणपत्र दिनसक्ने

मावधकुमार नेपाल र महन्थ ठाकुरले प्रस्ताव गरेको आ-आफ्नो नयाँ पार्टीको सनाखत कार्य अहिले निर्वाचन आयोगमा चलिरहेको छ । दल सनाखतका लागि नेपाल र ठाकुर पक्षका सांसद तथा केन्द्रीय सदस्य आयोगमा उपस्थित भएका छन् । 

‘प्रस्तावित दुवै नयाँ दलको सनाखत कार्य जारी छ । आज दिउसो २ बजेसम्म हामी सनाखतको लागि कुर्छौँ,’ निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले फरकधारलाई बताए ।  

नेपालले नेकपा एमालेबाट अलग भएको घोषणा गर्दै नेपाल समूहले निर्वाचन आयाेगमा नेकपा एकीकृत समाजवादी नामक दल दर्ताको लागि निवेदन दिएको थियो । यस्तै ठाकुर समूह पनि जनता समाजवादी पार्टी, नेपालबाट अलग भएको घोषणा गर्दै लोकतान्त्रिक समाजवादी पार्टी दर्ताको लागि निवेदन दिएका थिए । 

दुवै समूहका सांसद तथा केन्द्रीय सदस्यलाई दलको सनाखत गर्न निर्वाचन आयोगले आज विहान १० बजेदेखि २ बजेसम्म आफ्नो नागरिकता सहित आउन भनेको थियो । सोही अनुसार उनीहरू आज निर्वाचन आयोग पुगेका हुन् र अहिले सनाखत कार्य चलिरहेको हो । 

‘सनाखत कार्य सकिएपछि आयोगले केही निर्णय गर्छ । त्यो निर्णय भनेको नयाँ दलको प्रमाणपत्र दिने सम्बन्धी हो । सम्भवत आजै यो कार्य हुन्छ,’ प्रवक्ता श्रेष्ठले भने । 

देउवाले राजनीतिक दलसम्बन्धी नयाँ अध्यादेश ल्याएर सहज बनाइदिए पछि नेपाल र ठाकुरले नयाँ दल दर्ता प्रक्रिया सुरु गरेका हुन् । 



देउवाले ल्याएको राजनीतिक दल सम्बन्धी अध्यादेशमा दलबाट फुटेर नयाँ दल दर्ता गर्न संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत सदस्य हुनुपर्ने व्यवस्था गरिएको थियो । 

यसअघि दल फुटाएर नयाँ दल दर्ता गर्न संसदीय दल र केन्द्रीय सदस्यमा ४० प्रतिशत सदस्य हुनुपर्ने व्यवस्था थियो । देउवाले अध्यादेश ल्याएर सहज बनाइदिएपछि नेपाल र ठाकुरले नयाँ दल दर्ता गर्न लागेका हुन् । 



  • प्रकाशित मिति : भदौ ९, २०७८ बुधबार १२:३३:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया