नेपाली सेनामा ५७ हजारले लगाए कोरोना खोपकाे दुवै डोज

नेपाली सेनामा हालसम्म ५७ हजार जनाले कोरोना भाइरस विरुद्धको खोपको दुवै डोज लगाइसकेका छन् । 

कोरोना खोपको पहिलो डोज मात्र लगाउने सेनाको संख्या ७१ हजार रहेको नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलले जानकारी दिए । 

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा अग्रपंक्तिमा खटिएको नेपाली सेनाका ६ हजार ९८० जनालाई हालसम्म कोरोना संक्रमण भइसकेको छ । 

कोरोना संक्रमण भएका नेपाली सेनाका जवानहरूमध्ये ६ हजार ८ सय ३२ जना निको भइसकेका छन् । 

हालसम्म कोरोना संक्रमणका कारण १० जना नेपाली सेनाको मृत्यु भएको प्रवक्ता पौडेलले बताए । हाल सेनामा सक्रिय संक्रमितको संख्या १३८ रहेको छ।
 





  • प्रकाशित मिति : भदौ ९, २०७८ बुधबार १३:४७:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया