भाल्भर्डेले रियलसँग गरे सम्झाैता नवीकरण

उरुग्वेली मिडफिल्डर फेडरिको भाल्भर्डेले स्पेनिस क्लब रियल मड्रिडसँगको सम्झौता नवीकरण गरेका छन्। 

रियलमा सन् २०२५ सम्म सम्झौता रहेका उनले रियलसँगकाे सम्झाैता बसाई सन् २०२७ सम्म सम्झाैता लम्ब्याएका हुन्। 

उरुग्वेली क्लब पेनारोलबाट रियल आएका उनी दोस्रो टोलीमा समावेश भएका थिए। २०१७–१८ को सिजनमा डिपोर्टिभो ला कोरुनामा लोनमा गएका उनी २०१८ मा रियलको सिनियर टोलीमा पर्न सफल भएका थिए।

उनलाई जुलियन लुपेटोगुईले रियलको सिनियर टोलीमा अवसर दिएका थिए। पछि सान्टियागो सोलारी प्रशिक्षक रहँदा उनले विरलै अवसर पाए। त्यसपछि जिनेदिन जिदानको प्रशिक्षणमा उनले लगातार खेल्ने मौका पाए। 

गत सिजन भने चोटका कारण उनले केही खेलहरु गुमाएका थिए।





  • प्रकाशित मिति : भदौ ९, २०७८ बुधबार १४:४५:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया