एकैदिन प्रहरीले बाँड्यो ५१ हजार २ सय ७६ जनालाई निःशुल्क मास्क

नेपाल प्रहरीले पछिल्लो चौबिस घण्टामा देशभर ५१ हजार २ सय ७६ जनालाई निःशुल्क मास्क वितरण गरेको छ । 

कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रमअन्तर्गत मास्क वितरण गरिएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार गत वैशाख ६ गतेदेखि हालसम्म १० लाख २२ हजार १ सय १३ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ ।

प्रहरीले कोरोना रोकथाम तथा नियन्त्रणको लागि ‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारा सहित ‘तपाईंको मास्क खै ?’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरिरहेको छ ।





  • प्रकाशित मिति : भदौ ९, २०७८ बुधबार १७:५२:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया