सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–३ छापागाउँस्थित सडकमा बुधबार बा३ख ८०३० नम्बरको बस दुर्घटनामा परेको छ ।
बस आफै अनियन्त्रित भई सडकबाट करिब २५ मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन् ।
दुर्घटनामा मृत्यु हुने दुवैजना पुरुषको हालसम्म नाम, थर, वतन नखुलेको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट खटिएको प्रहरीले दुर्घटनास्थलबाट घाइते भएका ३७ जनाको उद्धार गरेको थियो ।
उद्धार गरिएका घाइतेमध्ये २२ जनालाई धुलिखेल अस्पताल र १५ जनालाई सिन्धु सदाबहार अस्पताल खाडीचौर पठाएको थियो ।
धुलिखेलमा उपचाररत २ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।