अमेरिकी वर्चस्वमा खतराको बादल

आर्थिक इतिहासकार चार्ल्स किन्डलबर्गरका अनुसार, मौद्रिक स्थिरताका लागि एक नायक आवश्यक पर्छ, जसले नियम-कानुन तय गरोस् । तिनको यो ‘नायक आधारित स्थिरता सिद्धान्त’ लाई व्यापक आर्थिक क्यानभासमा त लागू गरिएको छ नै, अर्थशास्त्रइतरका मामिलामा पनि लागू गरिएको छ ।

उदाहरणमा भनिएको थियो- दुई विश्वयुद्धका बीचको अवधिमा अस्थिरता यसकारण आएको थियो, बेलायत पतनतर्फ गइरहेको थियो र छुट्टाछुट्टै रहेको अमेरिका ‘ग्लोबल बोस’ बन्न तयार भइसकेको थिएन । त्यसपछि भने अमेरिकाले भन्दै आएको छ- पछिल्ला ७५ वर्षमा नियममा आधारित रहेर चल्ने जुन विश्व व्यवस्था कायम भयो, त्यो हामीले बनाएको हो । यो मतमा निकै सत्यता छ, तर यो कुरालाई अमेरिका अलि बढी नै लिपपोत गर्छ र सहमतिमा बनेको नियमलाई प्रायः उसले नै उल्लंघन पनि गर्छ ।

आज, नायकलाई चुनौती दिइएको छ । अफगानिस्तानबाट अमेरिकाको अस्तव्यस्त फिर्ती उसको ‘पराजय’को त्यही कडीको हिस्सा हो, जसमा सिरिया सामेल छ, त्यहाँको गृहयुद्धमा उसले विनाकारण हस्तक्षेप गरेको थियो । इराक जहाँ २००३ मा सद्दाम हुसेनलाई हटाएपछि उसले त्यहाँको घरेलु ढाँचालाई ध्वस्त पारिदिएको थियो । अपमानित रुस पनि सामेल छ जसको बागडोर २००० देखि पुटिनले सम्हालिरहेका छन्, इरान सामेल छ जहाँ अमेरिका १९७९ मा इस्लामी पुनःसंयोजनवादको अनुमान गर्न विफल रह्यो । भियतनाम पनि सामेल छ, जहाँ अमेरिकाले १९७५ मा पाइला राख्यो (त्यहाँ घरेलु सेनालाई बागडोर सुम्पने रणनीति विफल भयो) । यसबीच अरब क्रान्ति छिन्नभिन्न भयो ।

करिब २५ वर्षअघिको अवस्था बिलकुलै भिन्नै थियो । सोभियत संघको विघटनपछि एक महाशक्तिको विदेश सम्बन्धबारे अमेरिकी काउन्सिलको पत्रिका ‘फरेन अफेयर्स’ मा छापिएको लेखमा नयाँ अमेरिकी साम्राज्यशाहीको उद्देश्य ‘विजयी भाव’ले भरिएको हुन्थ्यो । आज त्यही पत्रिकाको परिवर्तित स्वर ध्यान दिन लायक छ । 

उसो त, केही लेखक चीनको तागतको बखानलाई अतिशयोक्ति मानिरहेका छन् र २१औं शताब्दी पनि अमेरिकाकै शताब्दी हुने छ भनिरहेका छन् । तर, बुस जुनियरदेखि लिएर वृद्ध बाइडेनसम्म अमेरिकी राष्ट्रपतिहरूको अयोग्यता र विदेशी भूमिमा अमेरिकाको उल्झन चिनियाँ नेतृत्वभन्दा विपरीत छ, जसले सम्पदा र शक्तिको सञ्चयनमा पूरा जोड दिन्छ ।  त्यसैले पुराना परीक्षण अब निकै कम लागू हुन्छ । 

कतिपय देशमा तानाशाहले लोकतन्त्रलाई हराइरहेका छन् भने राष्ट्रवादी नीतिले विश्ववादी आवाजलाई बन्द गरिदिएको छ । चिनियाँ उत्कर्षले दक्षिण-पूर्ण एसियाका साना देशमा यदि फिनल्यान्डीकरण भएन भने, तिनलाई असरहीन बनाइदिएको छ । चीनको प्रभाव क्षेत्र मध्य एसियासम्म पुगेको छ, जबकि रुसले आफ्नो परिधिमा रहेका देशहरूमा दबदबा कायम गरेको छ । र, त्यो देश भूमध्यसागर क्षेत्रमा पनि एउटा शक्ति बनेको छ ।



अमेरिका भर्सेस चीन

अमेरिकाले यदि थप केही देशलाई चीन र रुसको दबदबामा जान दियो भने उसको दादागिरी खतरामा पर्ने छ । थिंक ट्यांकयुक्त विद्वानहरू ‘थुसिडाइड्स ट्र्याप’ पैदा हुने आशंका गरिरहेका छन् । यो त्यो युद्धसँग मिल्दोजुल्दो छ, जसमा स्थापित शक्ति (प्राचीन युनानका स्पार्टा) लाई उदाउँदो शक्ति (एथेन्स)बाट खतरा महसुस भइरहेको थियो । 



एक गणनाअनुसार, शक्तिको १६ मध्ये १२ ठूला स्थानान्तरको नतिजा युद्ध रहेको छ, जसमा प्रथम विश्वयुद्ध पनि पर्छ । त्यतिखेर बेलायत र रुसलाई जर्मनी खतरा लागेको थियो । तर, जापानको विपरीत, जसलाई कूटनीति विफल भएपछि १९०४ मा रुसमाथि हमला गर्ने हिम्मत आएको थियो । चीनले सोच्न सक्छ कि, जब अवस्था आफ्ना निम्ति अनुकूल हुन्छ तब खुल्ला प्रतिस्पर्धाको किन जरुरत पर्छ र !

आखिर चिनियाँ बजारको आकर्षण त छँदै छ । अधिकांश देश अमेरिकाभन्दा चीनसँग व्यापार गरिरहेका छन् । चीनसँग पुनः व्यापार वार्ता गर्न अमेरिकाका अग्रणी व्यवसायीले बाइडेनमाथि दबाब दिइरहेका छन् । र, क्वाडका दुई सदस्य देश चिनियाँ कदमबाट चिन्तित छन्- अस्ट्रेलिया आर्थिक मोर्चामा र भारत आर्थिक तथा सैनिक मोर्चामा ।

वास्तवमा वर्षाैँदेखि निष्क्रिय रहेको क्वाड बिउँताउनुमा अमेरिकी स्वार्थ बढी छ । अमेरिकालाई मित्र देशहरूको बढी आवश्यकता परेको छ, मित्र देशलाई अमेरिकोको होइन । क्वाडले यिनै देशहरूको मित्रतालाई बलियो बनाउने छ । अर्कोतर्फ, अफगानिस्तानमा हात लागेको असफलतालाई दृष्टिगत गर्दै ताइवानका रक्षामन्त्रीले भनेका थिए- हाम्रो देशले अमेरिकालाई भन्दा आफ्नै देशका सेनालाई विश्वास गर्नुपर्छ । यसरी नै र योभन्दा ज्यादा अमेरिकी सहयोग लिनेले यसैगरी सोच्न थाले भने अमेरिकाको वर्चस्व खतरामा पर्ने छ ।

फेरि किन्डलबर्गको कुरामा फर्किँदा प्रश्न के उठ्छ भने, शक्ति सन्तुलनको परिवर्तनको क्रममा नायकले आफ्नो आकर्षण गुमाउँदा उत्पन्न हुने अस्थिर समयमा भारतले आफ्नो बाटो कसरी तय गर्ला ? के देशको अर्थव्यवस्था, सेना र कूटनीतिले आफ्नो अगाडि आएको चुनौती सामना गर्ने क्षमता राख्ला ?

(लेखन नायनन बिजनेस स्ट्यान्डर्डका प्रमुख हुन् । दिप्रिन्टबाट अनूदित तथा सम्पादित)
 
  

  • प्रकाशित मिति : भदौ १०, २०७८ बिहीबार ६:५९:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया