वामदेवलाई ठाउँ खाली गर्न रामवीर मानन्धरले गरे राजीनामाको घोषणा

नेकपाका तर्फबाट निर्वाचित काठमाडौं–७ का प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले राजीनामाको घोषणा गरेका छन् ।

बर्दिया–१ बाट कांग्रेसका सञ्जय गौतमसँग चुनाव हारेका नेकपा नेता वामदेव गौतमलाई संसद्मा लैजाने पार्टीको कसरतमा साथ दिँदै मानन्धरले आफ्नो क्षेत्र खाली गरिदिएका हुन् ।

उनले राजीनामा दिने घोषणा गरेसँगै नेता गौतमका लागि फेरि चुनाव लड्ने बाटो खुलेको छ । 

मंगलबार संवाद चौतारीमा पत्रकार सम्मेलन गरी मानन्धरले पार्टी एकताका लागि महत्वपूर्ण भूमिका खेलेका वामदेव गौतम संसद्मा हुनुपर्ने भन्दै आफूले देश विकास गर्न सहज रूपमा राजीनामा दिने बताए ।

वाम गठबन्धनको साझा उम्मेदवार तत्कालीन एमाले नेता मानन्धरले यस क्षेत्रबाट भारी मतले चुनाव जितेका थिए । त्यसैले पनि नेता गौतमले आफ्ना लागि सुरक्षित क्षेत्र ठानी यो क्षेत्र खाली गर्न मानन्धरलाई राजीनामा दिन मनाएका थिए । 
 





  • प्रकाशित मिति : असोज २३, २०७५ मंगलबार १७:३३:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया