बिग बासको आगामी सिजन पनि सन्दीपले होवर्टबाट खेल्ने

नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले आगामी सिजनको बिग बास लिग पनि होवर्ट हुरिकेन्सबाट खेल्ने भएका छन् ।

अस्ट्रेलियन फ्रेन्चाइज टी–२० लिग टिम होवर्टले बिहीबार नयाँ सिजनका लागि लेग स्पिनर सन्दीपसँग सम्झौता नवीकरण गरिएको जनाएको हो ।

लिगको ११औँ संस्करणमा होवर्टका लागि पहिलो विदेशी खेलाडीका रुपमा अनुबन्ध भएका सन्दीपले अघिल्लो सिजन क्बलका लागि ८ खेलमा ८ विकेट लिएका थिए । 

होवर्ट आउनुअघिका दुई सिजन मेलवर्न स्टार्सका लागि खेलेका सन्दीपले क्लबका लागि २१ खेलमा २६ विकेट लिएका थिए ।

बिग बासको ११ औँ संस्करण आगामी डिसेम्बर २२ देखि जनवरी २८ सम्म सञ्चालन हुनेछ । होवर्टले डिसेम्बर ८ मा सिड्नी सिक्सरसँगको खेलबाट प्रतियोगिताको सुरुवात गर्नेछ । 


 





  • प्रकाशित मिति : भदौ १०, २०७८ बिहीबार ९:१८:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया