प्रदेश- १ का मुख्यमन्त्री राईले प्रदेश प्रमुखसमक्ष राजीनामा दिँदै
फरकधार / १० भदौ, २०७८

प्रदेश- १ का मुख्यमन्त्री शेरधन राईले मुख्यमन्त्रीबाट राजीनामा दिने भएका छन् ।



एमाले संसदीय दलको बैठकबाट भीम आचार्यलाई संसदीय दलको नेता चयन गरेपछि राई राजीनामा दिन प्रदेश प्रमुखको कार्यालय जाँदैछन् ।

संसदीय दलको आज बिहान बसेको बैठकमा मुख्यमन्त्री राईको प्रस्तावमा आचार्य संसदीय दलको नेता चयन भएका हुन् । उनलाई एमालेले भावी मुख्यमन्त्रीका रुपमा अघि सारेको छ ।



प्रदेशसभामा एमालेको बहुमत रहेको भएपनि एमाले विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी) मा कति जना प्रदेश सांसद जान्छन् भन्ने कुराले उनको मुख्यमन्त्री पदको भविष्य तय हुनेछ। 



  • प्रकाशित मिति : भदौ १०, २०७८ बिहीबार ११:४५:१४,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया