पार्टी एकताका लागि मुख्यमन्त्री बन्दैछुः भीम आचार्य

प्रदेश १ को नेकपा एमाले संसदीय दलको नेतामा चयन भएका भीम आचार्यले आजै मुख्यमन्त्री पदको सपथ पनि लिँदैछन् । उनले आफूले पार्टी एकताका लागि संसदीय दलको नेता भएको र अब मुख्यमन्त्री बन्ने बताएका छन् ।

आज विहान मुख्यमन्त्री शेरधन राईको प्रस्तावमा दलको नेता चयन भएका आचार्यको आज साँझसम्म सपथ हुने तयारी गरिएको छ ।

‘पार्टी एकताका लागि म संसदीय दलको नेता चयन भएको हुँ,’ उनले संक्षिप्त प्रतिक्रिया दिएका छन्, ‘मुख्यमन्त्री भएर समग्र विकास गर्न अहिले समय छैन, तर म गर्नेछु ।’

यसअघि नेकपा एमालेमा माधवकुमार नेपाल समूहमा रहेका आचार्य पछिल्ला केही महिना यता एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समर्थन गर्दै आइरहेका हुन् । उनले नेकपा एमालेको एकता आवश्यक रहेका आवाज उठाउँदै आएका थिए ।

यसअघि बागमती प्रदेशमा पनि एमालेमा नेपाल समूहमा रहेकी अष्टलक्ष्मी शाक्य पनि पार्टी एकताको विषयमा अभिव्यक्ति राख्न थालेपछि संसदीय दलको नेतामा चयन भएकी थिइन् । संसदीय दलको नेतामा चयन भएकै दिन उनले मुख्यमन्त्री पदको पनि सपथ लिइन् ।





  • प्रकाशित मिति : भदौ १०, २०७८ बिहीबार ११:४५:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया