मलेसियन खेलाडी विरनदीपले चितवन टाइगर्सबाट इपिएल खेल्ने

मलेसियन ब्याट्सम्यान विरनदीप सिंहले चितवन टाइर्गसबाट एभरेस्ट प्रिमियर लिग(इपिएल) खेल्ने भएका छन् ।

उनले चितवनसँग सम्झौता गरेको मलेसियन क्रिकेट संघले जनाएको छ ।

विदेशी फ्रेन्चाइज लिग खेल्ने पहिलो मलेसियन खेलाडी भएको भन्दै मलेसियन क्रिकेटर तथा मलेसियन क्रिकेट संघले उनलाई बधाई दिएका छन् ।

विकेट किपर समेत रहेका विरनदीपले २५ वटा टी- २० अन्तर्राष्ट्रिय लिगमा ५८४ रन बनाएका छन् । 

गत वैशाखमा नेपालमा भएको त्रिकोणात्मक सिरिज टी- २० सिरिजमा विरनदीपले नेदरल्यान्ड्स विरुद्ध पहिलो खेलमा ५३ बलमा ६ चौका र ६ छक्कासहित ८७ रनको योगफल तयार गरेका थिए । यो इनिङ्सले नै उनलाई नेपाली लिग इपिएल खेल्ने वातावरण बनाएको हो ।





  • प्रकाशित मिति : भदौ १०, २०७८ बिहीबार १३:१२:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया