दाजुको हत्या आरोपमा भाइसहित २ जना पक्राउ

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ काँडे बस्ने ३३ वर्षीय गिरीराज थापाको हत्या गरेको आरोपमा २ जनालाई बुधबारराति प्रहरीले पक्राउ गरेको छ । 
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने मृतककै भाइ २२ वर्षीय नारायण थापा र १३ वर्षीय किशोर रहेका छन् । 

गिरीराज बुधबार दिउँसो घरबाट निस्केपछि अबेरसम्म नफर्किएपछि खोजी गर्ने क्रममा घरबाट करिब २ सय मिटर टाढा बारीमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । 

उक्त खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा गिरीराजलाई डोरीले घाँटी कसी हत्या गरेको खुलेको थियो ।

त्यसपछि घटनामा संलग्न उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 





  • प्रकाशित मिति : भदौ १०, २०७८ बिहीबार १३:२८:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया