फोहोर टिप्ने बहानामा कोही घर भित्र पस्दैछन् भने होसियार हुनुहोस्

फोहोर टिप्ने बहानामा कोही अपरिचित व्यक्ति तपाईंको घरमा प्रवेश गरेको छ भने होसियार हुनुहोला । किनकि त्यो व्यक्ति तपाईंको घरमा चोरी गर्ने वहानामा प्रवेश गरेको पनि हुनसक्छ ।

हो, यस्तै घटना भक्तपुरमा घटेको छ । 

फोहर टिप्ने बहाना बनाई करिब नगद १ लाख ८५ हजार ५ सय रुपैयाँ मूल्य बराबरको धनमाल चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा ललितपुर बालकुमारी बस्ने महोत्तरी बर्दिबास नगरपालिका–८ रातोखोला घर भएका ३० वर्षीय झोक्की भन्ने कुमार तोलाङ्गे छन् । उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । 

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–३ लोकन्थलीस्थित नरेन्द्रराज सिजापतिको घरबाट जेठ १ गते उक्त धनमाल चोरी गर्ने कार्यमा उनी संलग्न रहेको प्रहरीले जनाएको छ । 

उनलाई महानगरीय अपराध महाशाखा मीनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–३२ बालकुमारीबाट पक्राउ गरेको हो । उनको साथबाट २ थान ल्यापटप र १ थान मोबाइल समेत प्रहरीले बरामद गरेको छ । 



तोलाङ्गे बिजुलीको तार चोरी मुद्धामा २०७२ साल असोजमा पक्राउ परी जेल चलान भई २०७५ सालतिर छुटेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ । 
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुर पठाइएको उक्त महाशाखाले जनाएको छ ।
 



  • प्रकाशित मिति : भदौ १०, २०७८ बिहीबार १३:३४:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया