छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई पैदलयात्रीसहित ३ जनाको मृत्यु

दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ पाल्तडा बजारमा भे.१ ख ३४३८ नम्बरको मिनिट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा दैलेख आठबीस नगरपालिका–२ बस्ने कवि खनालको ८ वर्षीय छोरा यगेन्द्र खनाल रहेका छन् । बुधबार दिउँसो घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

कास्कीको पोखरा महानगरपालिका–१४ खाल्टे मसिनामा ग.२ ख २२४ नम्बरको टिपरको ढालामा च्यापिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा टिपरमा सामान लोड/अनलोड काम गर्ने सिन्ुधली दुधौली नगरपालिका–५ घर भएका २८ वर्षीय अजय रोक्का रहेका छन्। उनको बुधबार साँझ मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

ढालाले च्यापिएर गम्भीर घाइते भएका उनको पश्चिमाञ्चल सामुदायिक अस्पताल पृथ्वीचोकमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

झापाको भद्रपुर नगरपालिका–९ लक्ष्मी चोकमा बा.२७ प ६४२२ नम्बरको मोटरसाइकललको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने २३ वर्षीया दिक्षा प्रसाई चम्लागाई रहेका छन् । बुधबार राति उनको मृत्यु भएको हो । 

ठक्करबाट गम्भीर घाइते भएकी उनको ओम साई पाथिभरा अस्पताल भद्रपुरमा सामान्य उपचार पश्चात थप उपचारका लागि लाईफ लाईन अस्पताल दमकतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
 





  • प्रकाशित मिति : भदौ १०, २०७८ बिहीबार १३:५४:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया