केपी ओलीले आफ्ना वरिपरि नाच्नेहरूलाई मात्र महत्व दिए : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो वरिपरि प्रशंसा गरेर नाच्नेहरूलाई मात्र महत्व दिएको आरोप लगाएका छन् । आज (बिहीबार) बुद्धनगरस्थित क्वालिटी ब्याङ्क्वेटमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता नेपालले सो कुरा बताएका हुन्। 

उनले भने, ‘कमरेड केपीले पार्टीमा भेदभाव गर्न थाल्नुभयो, कार्यकर्ताप्रति अन्याय गर्न थाल्नुभयो । देश र जनताप्रतिको समर्पण खोज्नुभएन । उहाँको वरिपरि प्रशंसा गरेर नाच्नेहरूको मात्र महत्व दिनुभयो ।’

ओलीको प्रशंसा गर्नेबाहेक सबैको अवमूल्यन गरेको उनले आरोप लगाए । उनले भने,‘अरू सबैको अवमूल्यन गर्नुभयो । यसले पार्टी शिथिल मात्र भएन, मृत्युप्राय हुने अवस्थामा पुग्यो । पार्टीमा उकुसमुकुस सुरु भयो । यो सबै परिस्थिति आएपछि हामीले नयाँ ढंगबाट जाने संकल्प गर्‍याैँ।’

‘जनताप्रतिको जिम्मेवारीबोधप्रति हामी गम्भीर भयौँ । आन्दोलनको रक्षा गर्न र जोगाउनका लागि, राष्ट्रियताको रक्षा गर्नका लागि अनि जनताका समस्याहरूलाई सम्बोधन गर्नका लागि नयाँ परिस्थिति सिर्जना गर्नुपर्ने आवश्यक्ता महसुस गर्‍याैँ’,नेता नेपालले थपे ।





  • प्रकाशित मिति : भदौ १०, २०७८ बिहीबार १४:५६:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया