एसिड पिडित आरतीलाई प्रदेश सरकारले दियो ५ लाख
फरकधार / १० भदौ, २०७८
यो सामग्री सेयर गर्नुहोस्

जनकपुरधामकी एसिड पीडित आरती साहलाई प्रदेश सरकारले ५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । 



मुख्यमन्त्री लालबाबु राउतले एसिड पीडित साहलाई बिहीबार सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । 



साहलाई प्रदेश सरकारले कुनै सहयोग नगरेको भनि व्यापक आलोचना भएपनि मुख्यमन्त्री राउतले घटनाको ९ महिना पछि आरतीलाई चेक हस्तान्तरण गरेका हुन् । 



यसअघि, केहि एसिड पीडितलाई घटना लगत्तै अस्पताल पुगेर सहयोग उपलब्ध गराउँदै आएका मुख्यमन्त्री राउतले आरतीलाई आलोचना पश्चात उक्त सहयोग गरेका हुन् । 



आरतीलाई उनका पति सञ्जीव साहले दीपावलीका दिन गत कार्तिक २९ गते एसिड प्रहार गरेका थिए । घाइते आरतीको बायाँ आँखा, कान गुमेको छ भने आधा अनुहार, शरीर र हात समेत जलेको छ ।





  • प्रकाशित मिति : भदौ १०, २०७८ बिहीबार १६:४५:१६,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया