माधव नेपाललगायतलाई पार्टीको अभिलेखबाटै हटाउने एमालेको तयारी

नेकपा एमालेले माधव नेपाललगायत पार्टी विभाजनमा सहभागी नेताहरुलाई  पार्टीबाट निष्कासन गर्दै र अभिलेखबाटै हटाउने तयारी गरेको छ । 

एमालेको आजको केन्द्रीय कमिटी बैठकले एकीकृत समाजवादी गठनमा प्रत्यक्ष संलग्न भएका नेताहरूलाई पार्टीबाट निष्कासन गरिएको नेता प्रदीप ज्ञवालीले जानकारी दिए । उनीहरुको नाम अभिलेखबाट हटाउन निवार्चन आयोगलाई जानकारी गराउने निर्णय गरेको उनले बताए ।  

एमालेबाट विभाजित भएपछि बुधबार मात्रै माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) निर्वाचन आयोगमा दर्ता भएको छ । 

उक्त पार्टीमा एमालेका ५५ केन्द्रीय सदस्य र ३० जना सांसद उभिएका थिए ।





  • प्रकाशित मिति : भदौ १०, २०७८ बिहीबार १७:९:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया