स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पछिल्लो २४ घण्टामा थप २ हजार ४३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
बिहीबार १४ हजार ३७४ जनामा कोरोना परीक्षण गरिएकोमा ९ हजार ७०२ जनाको पिसिआर र ४ हजार ६७२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
१ हजार ९२९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। हाल निको हुनेको दर ९३.५ प्रतिशत रहेको छ। नेपालमा हाल सक्रिय संक्रमित ३८ हजार ३८४ सय छन्।
यसको संक्रमणबाट थप २६ जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार ६३८ पुगेको छ।
थपिएका संक्रमितमध्ये काठमाडौंका ५६१, भक्तपुरका ६६ र ललितपुरका १०६ जना छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।