सरकारले तुइन तर्ने क्रममा बेपत्ता भएका धामीको परिवारलाई १० लाख रुपैयाँ दिने, यस्ता छन् सरकारका थप निर्णय

सरकारले दार्चुला जिल्लामा तुइन तर्ने क्रममा बेपत्ता भएका जयसिंह धामीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । 

दार्चुला जिल्लामा तुइन तर्ने क्रममा महाकाली नदीमा खसी बेपत्ता भएका दार्चुला जिल्ला, ब्यास गाउँपालिकाका जयसिंह धामीको परिवारलाई आर्थिक सहायतस्वरुप दश लाख रुपैयाँ रकम उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए । 

बैठकले बुर्तिवाङ, पौदी, अमराई, तम्घास, सन्धीखर्क, गोरुसिंगेको १३२ केभि प्रसारण लाइन आयोजनाअन्र्तगत प्रसारण लाइनको केन्द्र रेखाबाट दायाँ ९ मिटर बायाँ ९ मिटर गरी जम्मा १८ मिटरभित्र पर्ने निजी जग्गालगायत संरचनाको मुआब्जा निर्धारण गर्न गठित समितिमा अध्यक्ष र सदस्य तोक्ने निर्णय पनि गरेको छ । 

त्यस्तै विश्व स्वास्थ्य खाद्य संगठन दक्षिणपूर्वी एसियाका लागि क्षेत्रीय निर्देशक पदमा नेपालको तर्फबाट बारगंगा कपिलवस्तु निवासी डा. शम्भुप्रसाद आचार्यको उम्मेदवारीका लागि मनोनयन गर्ने पनि मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले हैजा खोपको क्लिनिकल ट्रायल गर्न अनुमति प्रदान गर्ने निर्णय गरेको छ । त्यस्तै, राष्ट्रिय योजना आयोगको सदस्य पदमा पुष्परमण वाग्ले र सलोनी प्रधान सिंहलाई नियुक्त गर्ने निर्णय गरेको छ । 

नेपाल कानून आयोगको अध्यक्ष पदमा पूर्वमुख्य न्यायाधीश जागेश्वर सुवेदीलाई नियुक्ति गर्ने निर्णय भएको सरकारका प्रवक्ता कार्कीले जानकारी दिए । 





  • प्रकाशित मिति : भदौ १०, २०७८ बिहीबार १९:५:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया