साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपालको प्रशिक्षण कतारमा

अर्को महिनाबाट सुरु हुने साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली पुरुष फुटबल टोलीले कतारमा प्रशिक्षण गर्ने भएको छ । 

अखिल नेपाल फुटबल संघ (एन्फा)ले विहीबार नेपालले साफको अन्तिम तयारी स्वरूप कतारमा प्रशिक्षण गर्ने जानकारी गराएको हो ।

एन्फाका अनुसार नेपाली टोली प्रशिक्षणका लागि सेप्टेम्बर १० मा कतार प्रस्थान गर्नेछ र सेप्टेम्बर २७ मा उतैबाट माल्दिभ्स लाग्नेछ । 

१३ औँ संस्करणको साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ सम्म माल्दिभ्समा हुनेछ । आयोजक माल्दिभ्ससँगको उद्घाटन खेलसँगै नेपालले प्रतियोगिताको सुरुवात गर्नेछ ।

नेपालले दोस्रो खेल अक्टोबर ४ मा श्रीलंका, तेस्रो खेल अक्टोबर १० मा भारत र चौथो तथा अन्तिम खेल अक्टोबर १३ मा बंगलादेशसँग खेल्नेछ । 

सिंगल राउन्ड रोबिनका आधारमा सञ्चालन हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।



साफ च्याम्पियनसिपअघि नेपालले सेप्टेम्बर २ र ५ मा घरेलु मैदान दशरथ रंगशालमा भारतसँग २ मैत्रीपूर्ण खेल खेल्नेछ ।  

एन्फाले हाल बन्द प्रशिक्षणमा रहेका २५ खेलाडी नै कतार जाने बताएको छ ।



बन्द प्रशिक्षणमा रहेका खेलाडी :

किरण चेम्जोङ, विकेश कुथु, अनन्त तामाङ, सुजल श्रेष्ठ, रोहित चन्द, अञ्जन विष्ट, सुमन अर्याल, दिनेश राजवंशी, सुरज जिउ ठकुरी, मनिष डाँगी, विशाल श्रेष्ठ, कमल थापा, आयुुष घलान, दीप कार्की, नवयुग श्रेष्ठ, आशिष लामा, पुजन उपरकोटी, तेज तामाङ, सुमन लामा, राजन गुरुङ, विशाल राई, गौतम श्रेष्ठ, नितिन थापा, सुनिल बल र सन्तोष तामाङ 
 

  • प्रकाशित मिति : भदौ ११, २०७८ शुक्रबार ७:१७:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया