बेलायतद्वारा नेपाललाई एक लाख ३० हजार डोज अस्ट्राजेनिका खाेप सहयाेग

बेलायतले नेपाललाई एक लाख ३० हजार डाेज अस्ट्राजेनिका खाेप सहयाेग गरेकाे छ ।

नेपालका लागि बेलायतकी राजदूत निकोला पोलिटले बिहीबार ट्विटरमार्फत खोप सहयाेग गरेकाे जानकारी गराएकी हुन् ।

पाेलिटले महामारीमा सहयाेग गर्न पाउँदा खुशी लागेकाे बताएकी छिन् । यसै गरी उनले नेपाल बेलायतकाे २०० वर्षभन्दा पुरानाे साथी भएकाे र दुवै देशबीच बलियाे सम्बन्ध रहेकाे पनि बताइन् । 

पाेलिटले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई खाेप हस्तान्तरण गरेकी हुन् । उमेशले सहयोगका लागि  बेलायत सरकार र बेलायती जनताप्रति हार्दिक आभार व्यक्त गरेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खाेप सिधै टेकु अस्पतालमा भण्डार गर्नका लागि लगिएकाे दूतावासले जनाएकाे छ । 





  • प्रकाशित मिति : भदौ ११, २०७८ शुक्रबार ८:१:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया