जर्जिन्हो च्याम्पियन्स लिगको उत्कृष्ट खेलाडी

चेल्सीलाई गत सिजनको च्याम्पियन्स लिग उपाधि दिलाउन महत्वपूर्ण भूमिका निवार्ह गरेका मिडफिल्डर जर्जिन्हो लिगको उत्कृष्ट पुरुष खेलाडी चुनिएका छन् ।

युरोपेली फुटबलको सर्वोच्च निकाय युइएफएले बिहीबार उनलाई सिजनको उत्कृष्ट खेलाडी घोषित गरेको हो ।

जर्जिन्होले म्यानचेस्टर सिटीका केभिन डि ब्रुएन र चेल्सीकै एन्गोलो कान्टेलाई पछि पारे । महिलातर्फको उत्कृष्ट खेलाडी बार्सिलोनाकी एलेक्सिया पुटेलास चुनिइन् ।

पुरुषतर्फ बेरुसिया डर्टमन्डका अर्लिङ हल्यान्ड उत्कृष्ट फवार्ड, चेल्सीका एन्गोलो कान्टेले उत्कृष्ट मिडफिल्डर, म्यानचेस्टर सिटीमा रुवेन डियास उत्कृष्ट डिफेन्डर तथा चेल्सीका एडुआर्ड मेन्डी उत्कृष्ट गोलरक्षक चुनिए ।

महिलातर्फ बार्सिलोनाकी जेन्नी हेर्मोसो उत्कृष्ट फरवार्ड, बार्सिलोनाकै एलेक्सिया पुटेलास उत्कृष्ट मिडफिल्डर, पेरिस सेन्ट जर्मेन (पिएसजी)की इरेने पारेडेस उत्कृष्ट डिफेन्डर तथा बार्सिलोनाकी सान्ड्रा पानोस उत्कृष्ट गोलरक्षक चुनिए ।

चेल्सीका थोमस टुसेल उत्कृष्ट पुरुष प्रशिक्षक चुनिँदा महिलातर्फको यो अवार्ड बार्सिलोनाका लुईस कोर्टेसले हात पारे । 





  • प्रकाशित मिति : भदौ ११, २०७८ शुक्रबार ८:३२:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया