युरोपेली फुटबलको सर्वोच्च निकाय युइएफएले आगामी सिजनका लागि समूह विभाजन गरेको छ ।
युइएफएले लिगको २०२१-२२ सिजनका लागि बिहीबार समूह विभाजन गरेको हो। यो विभाजन अनुसार समूह ‘बी’ लाई सबैभन्दा कठिन मानिएको छ ।
आगामी सिजनमा ठूला क्लबहरूले समूह चरणमै एक अर्काको सामना गर्नुपर्ने भएको छ ।
युइएफएले सार्वजनिक गरेको विभाजन अनुसार समूह चरणमै म्यानचेस्टर सिटीले पेरिस सेन्ट जर्मेन (पिएसजी), साविक विजेता चेल्सीले युभेन्टस, वायर्न म्युनिखले बार्सिलोनाको सामना गर्नेछन् ।
यस्तो छ युइएफएको समूह विभाजन :
समूह ‘ए’ : म्यानचेस्टर सिटी, पेरिस सेन्ट जर्मेन (पिएसजी), आरबी लाइप्जिग, क्लब ब्रुग
समूह ‘बी’ : एट्लेटिको मड्रिड, लिभरपुल, एफसी पोर्टो, एसी मिलान
समूह ‘सी’ : स्पोर्टिङ सिपी,बेरुसिया डर्टमन्ड, आयाक्स, बेसिक्टास
समूह ‘डी’ : रियल मड्रिड, इन्टर मिलान, शाख्तर डोनेक्स, शेरिफ
समूह ‘इ’ : बार्सिलोना, वायर्न म्युनिख, बेन्फिका, डाइनामो किभ
समूह ‘एफ’ : म्यानचेस्टर युनाइटेड, भिल्लारियल, एट्लान्टा, योङ ब्वाइज
समूह ‘जी’ : सेभिया, एफसी साल्जबर्ग, लिल, उल्फबर्ग
समूह ‘एच’ : चेल्सी, युभेन्टस, एफी जेनिट, माल्मो
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।