मकवानपुरकाे भीमफेदी गाउँपालिका-१ सानुटारमा शुक्रबार बिहान करिब ५ बजेको समयमा ट्रक दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ ।
इटहरीबाट विजुलीको तार लिएर नौविसेतर्फ जाँदै गरेको प्र-१-००२ ख ८७५९ नम्बरको ट्रक दुर्घटना हुँदा ट्रकमा सवार एकजनाको मृत्यु भएको हाे ।
दुर्घटनामा परी घाइते भएका चालक र सहचालकलाई उपचारका लागि हेटौंडा अस्पताल पठाइएको प्रहरी चौकी भैंसेका प्रहरी सहायक निरीक्षक सुरेन्द्र साहले जानकारी दिए ।
दुर्घटनामा परी मृत्यु हुने करिब ३० वर्षका पुरुषको सनाखत हुन सकेको छैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।