राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेश सिलवालले नेपाल बक्सिङ संघमा भएको अनियमितता माथि प्रश्न उठाएका छन् ।
अन्तर्राष्ट्रिय बक्सिङ दिवसको अवसरमा आज राजधानीमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै उनले बक्सिङमा भएको अनियमितताको समाधान खोज्न आफू सहकार्य गर्न तयार रहेको समेत उनले बताए ।
‘भलिबलमा एकजना म्यानेजर भए हुने । बक्सिङको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा ३ जना खेलाडी जाँदा ६ जना म्यानेजर किन? यत्रो जन्ती किन?’ उनले कुन प्रतिस्पर्धामा यसरी म्यानेजर गएका थिए भन्ने भने खुलाएनन् ।
बक्सिङ संघ दुई वटा रहेकोमा उनले असन्तुष्टी जनाए । उनले दुवै संघलाई एक हुन पनि आग्रह गरेका थिए ।
कार्यक्रममा बक्सिङ संघका महासचिव सविन भट्टाचार्यले बक्सिङको विवाद राखेपले हस्तक्षेप गरेर मिलाउनु पर्ने धारणा राखेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।