अहिलेकाे समय हलमा गएर फिल्म हेर्ने छैन । कोरोनाको बढ्दो कहरले चलचित्र क्षेत्र निकै प्रभावित बनिरहेका बेला नेपाली फिल्महरू पनि डिजिटल माध्यमबाट दर्शकसामु पुगिरहेका छन् । यसैबीच नेपाली फिल्म ‘एटीन’ले पनि विश्वकै लोकप्रिय र विश्वसनीय अमेजन प्राइममा अटाउने मौका पाएको छ ।
अमेजनजस्तो विश्वकै चर्चित र विश्वसनीय माध्यम मार्फत नेपाली फिल्म ‘एटिन’ले संसारभरका दर्शक सामु पुग्ने अवसर पाएसँगै चलचित्रका कलाकार, निर्माता निर्देशकहरूले आफ्ना दर्शकहरू सामु खुसी बाँड्ने अवसर पनि पाएका छन् ।
सम्पूर्ण छायांकन बेलायतमै गरिएको उक्त चलचित्रमा नेपालबाट बेलायत पुगेर ‘सेटल’ भएको पहिलो पुस्ता र बेलायतमै जन्मी बेलायतमा नै हुर्किएको दोस्रो पुस्ताबीचकाे जेनेरेसन ग्यापले उब्जने उतारचढाव र सामाजिक सन्देश देखाइएको छ । बेलायतमै निर्माण गरिएको चलचित्र ‘एटिन’ अमेजनमा अटाउन पाउँदा निकै खुशी लागेको फिल्मका निर्देशक तथा निर्माता प्रेम लामाले बताए ।
तारा देवी लामा र पेमा डोल्करको संयुक्त लगानीमा निर्मित चलचित्र ‘एटीन’ मा प्रसुना कंडेल, राजदीप राई, अम्बिका राई, सनमकुमार बैराग, रितेश चाम्ससहित बेलायतीहरु क्रिस एपलटन, राजा मिया, स्टेफनी सान्चेज र मिली एन्डरसनको पनि अभिनय देख्न सकिन्छ ।
चलचित्र ‘एटीन’ मा संगीत चन्द्रकुमार डोङ र तारा प्रकाश लिम्बु, स्वर निर्मला घिसिङ र तारा प्रकाश लिम्बु, शब्द चन्द्र कुमार डोङ र अन्जु श्रेष्ठ, ब्याकग्राउण्ड साउण्ड डिजे एल।एक्स। पौडेल, सम्पादन किरण राज थापा, छायांकन कुशल श्रेष्ठ, अरोण अशोक कुमार र प्रतिक दुदराजको रहेको छ ।
प्रेमिस भिजनको ब्यानरमा निर्माण भएको ‘एटिन’अघि निर्माता तथा निर्देशक लामाले बेलायतबाटै तीनवटा चलचित्र निर्माण एवं निर्देशन गरिसकेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।