मकवानपुरको मनहरीमा ४० किलो गाँजासहित दुईजना पक्राउ

मकवानपुरको मनहरी गाउँपालिका-५ जयसिङबाट करिब ४० किलो अवैध लागूऔषध गाँजा सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-५ डिल्लीपुर बस्ने २४ वर्षीय राम चन्द्र मोक्तान र २२ वर्षीय अर्जुन लो रहेका छन् । 

सडकमा शंकास्पद रूपमा हिँडिरहेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा २ वटा बोरामा राखेको उक्त गाँजा फेला परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : भदौ ११, २०७८ शुक्रबार १३:३८:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया