सवारी दुर्घटनामा २ जनाको मृत्यु

सुनसरीको कोशी गाउँपालिका-३ जमुवा चोकमा प्र २ -०३-००१ च ३००७ नम्बरको गाडीले प्र २ -०१-००२ प ५६५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सप्तरी महादेवा गाउँपालिका-६ बस्ने ४० वर्षीय  रामनाथ मण्डल रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाँकेको बैजनाथ गाउँपालिका-६ संझना चोकमा ना.६ ख ६८१७ नम्बरको ट्रकमा भे.९ प ७८५२ नम्बरको स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्कुटर चालक कोहलपुर नगरपालिका-११ बस्ने २७ वर्षीय मुक्तिराम सापकोटा रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
 





  • प्रकाशित मिति : भदौ ११, २०७८ शुक्रबार १३:५४:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया