प्रदेश-१ को मन्त्रिपरिषद् विस्तार गरिदै, लक्ष्मण तिवारी र बलबहादुर साम्सुहाङ मन्त्री बन्दै

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद विस्तार गर्न लागेका छन् ।  

मुख्यमन्त्री भीम आचार्यले तेह्रथुमका लक्ष्मण तिवारी र ताप्लेजुङका बलबहादुर साम्सुहाङलाई मन्त्री बनाउन लागेका हुन् ।  

दुवैलाई केहिबेरमा सपथ खुवाउने तयारी भएको छ । लक्ष्मण र बलबहादुर दुवै माधव नेपाल पक्षमा लागेका थिए । 

पछिल्लो समय भने दुवै नेकपा​ (एकीकृत समाजवादी)मा नगई एमालेमै बस्ने निर्णय लिएका थिए । 

एमाले नेता योगेश भट्टराईसँग नजिक रहेका तिवारी र साम्सुहाङलाई कुन मन्त्रालयको जिम्मा दिइने भन्ने अझै स्पष्ट भैसकेको छैन । 

जिम्मेवारी नतोकिए पनि आन्तरिक मामिला मन्त्रालय र सामाजिक विकास मन्त्रालयमा कर्मचारीहरुलाई नव नियुक्त मन्त्रीको पदभार ग्रहणको तयारीका लागि निर्देशन दिइएको छ । 



मुख्यमन्त्री आचार्य निकट स्रोतका अनुसार आन्तरिक मामिला मन्त्रालयको जिम्मा लक्ष्मण तिवारीलाई र सामाजिक विकास मन्त्रालयको जिम्मा साम्सुहाङलाई दिइने तयारी गरिएको छ । 

प्रदेश प्रमुख सोमानाथ प्यासीको कार्यालयमा साढे ४ बजेका लागि शपथ ग्रहण कार्यक्रमको तयारी गरिएको छ ।



  • प्रकाशित मिति : भदौ ११, २०७८ शुक्रबार १६:३१:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया