सम्पादकीय नाेट :१४ औँ महाधिवेशनको काउन्टडाउन सुरु हुँदै गर्दा यतिबेला नेपाली कांग्रेसभित्र राजनीतिक सरगर्मी बढेको छ । पार्टी सभापतिदेखि केन्द्रीय समिति, प्रदेश, जिल्ला हुँदै वडास्तरसम्म यतिबेला कांग्रेसलाई महाधिवेशनले छोपेको छ ।
अब कांग्रेसले पाउने नेतृत्व कस्तो होला ? र, महाधिवेशनपछिको कांग्रेस कस्तो होला ? भन्ने प्रश्न जनमानसमा छ । त्यसो त कांग्रेस केन्द्रीय तहका नेताहरुलाई तल्लो तहका नेताले सुझाब पनि दिइरहेका छन् ।
फरकधारको यो शृंखलामा हामीले कांग्रेसका जिल्ला सभापतिहरुसँग महाधिवेशनपछिको कांग्रेस कस्तो हुनुपर्छ ? र, युवा नेतृत्वको सम्भावना के छ ? भनी सोध्ने छौँ । यसै क्रममा नेपाली कांग्रेस जुम्लाका सभापति अंगतकुमार बुढालाई हामीले यो शृंखलामा प्रस्तुत गरेका छौँ । )
म अहिले भर्खरै क्रियाशील सदस्य विवादबारे काठमाडौंको अनशनबाट फर्किएर डोल्पा आइपुगेको छु । कांग्रेसको क्रियाशीलता विवादका कारण यतिबेला हामी सभापतिहरु धर्नामा छौं । अरु जिल्लाहरुको भन्दा मेरो जिल्ला अलिकति फरक छ । क्रियाशीलताको नाम प्रकाशन गरेर सच्याउने अवसर दिए पनि डोल्पामा राप्रपा र एमालेको सदस्य घुसाइएकोले त्यो मिल्नेवाला छैन । यसो गर्न नमिल्ने भनेर केन्द्रीय सदस्यले निर्णय नै गरिसकेका छन् । त्यो मापदण्ड तय गरेर हामीलाई सर्कुलर पनि पठाइएको छ । तर, हाम्रोमा राप्रपाले ७० सालमा २४१ मत ल्याएको थियो, प्रत्यक्ष निर्वाचनमा । ०७४ सालमा राप्रपाको उम्मेदवार नै थिएनन् । त्यस्तो खालको राप्रपाका पाँच सय जनालाई जबरजस्ती क्रियाशील दिन खोजिँदैछ । अर्को कुरा स्वस्फूर्त नेपाली कांग्रेस बन्छु भनेर आएकाहरुको नयाँ क्रियाशील रोक्ने काम गरिएको छ । यसरी हामीले चाहेको ढंगमा काम गर्न पाइरहेका छैनौं । हाम्रा समस्याको सम्बोधन नेतृत्वले गर्न चाहिरहेको छैन । स्वाभिमानी र निष्ठावान कांग्रेसीलाई सिध्याउन खोजिएको छ । हाम्रो सुझाव भने पनि जे भने पनि यही हो कि– यो सदस्यता नवीकरणको अधिकारी एकदमै निष्पक्ष ढंगबाट पार्टीमा त्याग गरेकाहरुलाई दिनुपर्याे।
युवा नेतृत्वको बहस
अहिले पार्टीमा युवाहरु परिपक्व भइसकेका छन् भन्ने सोच्नु हुन्न । युवा पंक्तिले पनि आफ्नो क्षमता बुझेर अग्रसर हुने बेला हो यो । समयअनुसार कुरा बुझ्ने नेतृत्व अग्रसर हुँदा सबैले समर्थन पनि गर्छन् । नेपाली कांग्रेसको बीपीदेखि गणेशमानसम्मका इतिहासलाई जोगाउन सक्ने नेतृत्व हामीले स्थापित गर्न सक्नुपर्छ । त्यसका लागि सबैभन्दा आडभरोसाको केन्द्र युवाहरु नै हुन् । अहिले मुलुकले निकास खोजिरहेको छ । नेपाली कांग्रेस विकल्प र चुनौतीका बीच सरकारमा पुगेको छ । यो चुनौती र आइपर्न सक्ने समस्यालाई हल गर्न सक्ने नेतृत्व आउनुपर्छ ।
परिवारवादको समस्या
परिवारवादको समस्याबारे कहिलेकाहीँ कुरा उठ्छ । राजनीतिमा लागेको परिवारमा पुस्तान्तरण हुनु अनौठो कुरा होइन । यो जताततै र हरेक दलमा देखिएकै कुरा हो । तर, नेतृत्व लिन सक्ने र स्वतःस्फूर्त ढंगमा पार्टीमा लागेको मान्छेलाई हामीले नेतृत्व दिन कञ्जुस्याइँ गर्नु हुन्न । परिवारकै सदस्य भए पनि पार्टीलाई अघि बढाउन सक्छ भने उसको क्षमतालाई मूल्याकंन गर्नुपर्छ । नेतृत्व गर्नै नसक्ने, पार्टीमा समय नदिने र कामै नगर्ने व्यक्तिलाई भने परिवारको योगदानको नाममा जिम्मेवारी दिनु हुँदैन ।
कसरी गर्ने महाधिवेशन ?
आउँदो वडा अधिवेशनका लागि पनि एकदमै जोखिम बढेको छ । डोल्पाजस्तो दुर्गम जिल्लामा अहिले अधिवेशनका लागि आवश्यक साधन र समयसमेत छैन । ११ गते भइसक्यो, हामी अघि बढ्नै सकिरहेका छैनौं । कतिपय क्रियाशील सदस्यहरु काठमाडौंमै छन् । काठमाडौंबाट गएका प्रतिनिधिहरुलाई डोल्पा पुग्नमात्रै चार दिन लाग्छ । त्यहाँ लेकमा जाँदा झनै समस्या छ । चुनावका लागि प्रशस्त म्यानपावर पनि हामीसँग छैन । नेतृत्वले यो क्रियाशीलबारे जे गर्नुपर्ने हो, त्यो गर्न नसक्दा अप्ठेरो आइपरेको हो । त्यसबारे नेतृत्वले नै सोच्नुपर्छ । अहिलेकै अवस्था र यस्तै व्यवस्थापनबाट हामी महाधिवेशन गर्न सक्दैनौं । हामी त महाधिवेशन बहिष्कार नै पनि गर्न सक्छौं ।
पार्टीलाई वैधानिक बनाउने कुरामा म भन्दा बढी पार्टीका नेताहरु गम्भीर बन्नुपर्छ । मैले संविधान राम्ररी हेरेको पनि छैन, भदौ २३ गते समयसीमा सकिने भनिएको छ । वडा अधिवेशन सुरु गरेपछि कतिको कानुनी मान्यता मिल्छ, म त्यो जान्दिनँ । बरु क्रियाशीलबारे जुन अनियमितता छ त्यसलाई नेतृत्वले रोक्नुपर्छ । व्यापक गुनासो अनियमितताबारे आइरहेको छ, त्यसलाई सम्बोधन गर्नेगरी नेतृत्वले सोच्दा निकै राम्रो होला । यति गर्न सक्दा पार्टी एकतावद्ध भएर अघि बढ्छ । नेतृत्वले महसुस गर्नपर्यो राम्रो तरिकाले अघि बढाउन कसरी सकिन्छ भनेर । धाँधली गर्ने, पेलेर जाने अनि अर्को पक्षले त्यसको प्रतिकार नै नगर्ने भयो भने त कांग्रेस सकिन्छ । त्यसकारण कांग्रेसलाई चुनौती र अवसर दुवै छ । सभापतिका लागि जति पनि सम्भावित अनुहारहरु छन्, समकक्षी वा सहकर्मीलाई चित्त बुझाउने गरी अघि जो बढ्न सक्छ– उसैले जित्ने हो ।
यही सिरिजमा यसअघि प्रकाशित अन्य जिल्ला सभापतिका यी विचार पनि पढ्नुहाेस्–
क्रियाशील विवाद समाधान भयो भनिएको छ, तर अन्योल कायम छ–बाँके सभापति
कांग्रेस समावेशी पार्टी हो, यसको नेतृत्व समावेशी हुनुपर्छ–अर्घाखाँची सभापति
अहिले नेपाली कांग्रेसको नेतृत्व गम्भीर हुनुपर्छ–म्याग्दी सभापति
अधिवेशनबाट व्यक्ति मात्र होइन, विचार पनि परिवर्तन हुन जरुरी छ–पाल्पा सभापति
कांग्रेस नेतृत्वले हेक्का राखोस्, हराउने–जिताउने हाम्रो हातमा छ–कास्की सभापति
कांग्रेसको मान्यता र सिद्धान्त करेक्सन गर्न आवश्यक छ– तनहुँ सभापति
युवा र ऊर्जाशील व्यक्तिलाई नेतृत्वमा अघि सार्नुपर्छ–लमजुङ सभापति
राजनीतिमा युवाको आवश्यकता छ, तर पुरानाको त्याग र तपस्यालाई बिर्सन हुँदैन– बारा सभापति
पार्टी ठूलो बनाउने नाममा जुनसुकै आस्थाका मानिसलाई भित्र्याउँदा विचलन आएको छ– रसुवा सभापति
म आह्वान गर्छु : सबै युवा मिलेर नयाँ नेतृत्वका लागि सोचौँ– मोरङ सभापति
क्रियाशीलताको विवाद अन्त्य नभए महाधिवेशनमा भाग लिँदैनौं– कपिलवस्तु सभापति
तेरो र मेरो भनेर क्रियाशीलको फाइल नै खोलिएन– सप्तरी सभापति
परिवारवादको विरोधमा सबै कांग्रेसीजन उभिनुपर्छ-सिरहा सभापति
‘भदौमा महाधिवेशन गर्न विधान संशोधन हुनुपर्छ’–गोरखा सभापति
विधान संशोधनका कारण महाधिवेशन हुन सकेन– ओखलढुंगा सभापति
‘अधिवेशन गर्न नसक्नु केन्द्रीय कमिटी र सभापतिको कमजोरी हो’–उदयपुर सभापति
‘वैधानिकता जोगाउनु ठूलो समस्या होइन’–ताप्लेजुङ सभापति
पार्टीमा युवा उमेरको आधारमा होइन, विचारको आधारमा हुनुपर्छ– पाँचथर सभापति
‘उमेरले होइन विचार र दृष्टिकोणले युवा नेतृत्व छान्नुपर्छ’–तेह्रथुम सभापति
‘वंशको आशीर्वाद होइन, कर्मको हिसाबमा नेतृत्व छनोट हुनुपर्छ’– चितवन सभापति
‘१४ औँ अधिवेशनबाटै युवाहरु आउँछन् भन्ने मैले देखेको छैन’– सर्लाही सभापति
‘पाका नेतृत्वसँगै पुस्तान्तरण जरुरी छ’– सिन्धुली सभापति
‘अर्काको फेरो समाएर नेतृत्वमा पुग्न सकिँदैन’– दोलखा सभापति
पार्टीको वैधानिकताका लागि पनि त्याग गर्न सक्नुपर्छ– रामेछाप सभापति
युवामा क्षमता देखिनुपर्यो, अनि मात्र नेतृत्वमा दाबी गर्नुपर्छ – पर्सा सभापति
चार वर्षमा हुनुपर्ने महाधिवेशन पाँच वर्षमा पनि गर्न नसक्ने यो कस्तो नेतृत्व ?—नुवाकोट सभापति
‘कांग्रेसको इतिहास संरक्षण गर्ने नेतृत्व आवश्यक छ’— काठमाडाैं सभापति
‘हामी संकटपूर्ण महाधिवेशनको मुखमा छौँ’— काभ्रेपलान्चाेक सभापित
‘युवाहरुले धारणा नबदल्ने हो भने नेतृत्वमा आउँदैनन्’— भक्तपुर सभापत
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।