अफगानिस्तानबाट नयाँदिल्ली पुगेका ११ जना नेपालीलाई स्वदेश फर्काउने तयारी, काबुलमा रहेका ४२ जना नियमित सम्पर्कमा

परराष्ट्र मन्त्रालयले अफगानिस्तानबाट उद्धार गरी नेपाली नागरिकहरूलाई स्वदेश फर्काउने प्रकृया जारी रहेको बताएको छ। यसैक्रममा काबुलबाट उद्धार भई हिजो नयाँदिल्ली पुगेको ११ जना नेपाली नागरिकहरू काठमाण्डौ आउने प्रक्रियामा रहेको परराष्ट्रले जनाएको छ । 

काबुलमा हाल एउटै समुहमा आवद्ध रहेका ४२ जना नियमितरुपमा सम्पर्कमा रहेको परराष्ट्रले जानकारी दिएको छ । उनीहरु सबै सुरक्षित रहेको बताइएको छ । 

‘उहाँहरु सबै जना सुरक्षित हुनुहुन्छ । उहाँहरुलाई उद्दार गरी स्वदेश फर्काउन आवश्यक समन्वय भैरहेको छ,’ परराष्ट्रद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।





  • प्रकाशित मिति : भदौ ११, २०७८ शुक्रबार १९:१९:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया