नेपालको राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेभ वाट्मोरले राजीनामा दिएका छन् ।
उनले इमेलमार्फत् नेपाल क्रिकेट संघ (क्यान)लाई राजीनामा बुझाएका हुन् । अहिले उनी वल्र्ड क्रिकेट लिग टूको त्रिकोणात्मक सिरिजका लागि ओमान पुगेका छन् । वाट्मोरले ओमानबाट नै आफ्नो राजीनामा पठाएका हुन् ।
क्यानका अधिकारीहरुले वाट्मोरको राजीनामा पुष्टि गरेका छन् ।
२ पुस २०७७ मा एक वर्षका लागि वाट्मोर नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । उनले पारिवारिक र व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएको क्यानका अधिकारीले बताएका छन् ।
यसअघि सिंगापुरको प्रशिक्षक रहेका वाट्मोरले अब ओमानको यो सिरिज सकिएपछि नै बिदा लिन चाहेको उल्लेख गरेका छन् । ८ महिना अघि मात्रै नेपाल आएका वाट्मोरको नेतृत्वमा नेपालले घरेलु मैदानमा आयोजित त्रिकोणात्मक सिरिज जितेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।